धरान/भेडेटारमा छैठौं भेडेटार फुडफेष्टिभल हुने भएको छ । आगामी पुष १६ देखि १८ गते सम्म तीनदिन फुड फेष्टिभल हुने भएको हो । फेष्टिभलमा जातीय खानेकुरा, स्थानीय स्तरमा उत्पादित अर्गानीक तरकारी तथा फलफुल, कृषि तथा घरेलु उत्पादन, हस्तकलालगायत प्रदर्शनी गरिने शनिबारको पत्रकार सम्मेलनमा जनाएको छ । साथै साँस्कृतिक झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजक होटल एसोसियन अफ भेडेटारले जनाएको छ । फेष्टिभलमा माउण्टेन वाइक, प्याराग्याइडिङको समेत मज्जा लिन सकिने एसोसियसनका सचिब जितेन्द्र रुम्दालीले बताए । ओझेलमा रहेका एतिहासिक, धार्मिक, सास्कृतिक परम्परागत तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने उदेश्यले फेष्टिभल लगाउँदै आइउको अध्यक्ष लिलाराज लावतीले बताए । करिब १ करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य लिइएको छ भने २० देखि ३० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्राउने तयारी छ ।