विराटनर । रक्तदान जीवन दान भन्ने मुल नाराका सहित ईलाका प्रहरी कार्यलय रानी विराटनगरले रक्तदान कार्यक्रमको आयोजनका गरेको छ ।

जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी अरुण कुमार बिसीको प्रमुख आतिथ्योमा शनिबार ईलाका प्रहरी कार्यलय रानी परिसरमा रक्तदान गरिएको हो ।

जिल्ला रेडक्रस सोसाईटीको प्राविधीक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन गरिएको ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रमुख सन्तोष निरौलाले जानकारी दिए । रत्तदान कार्यक्रमको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी अरुण कुमार बिसीले उद्घाटन गरेको कार्यक्रममा ईलाका प्रहरी कार्यलय रानी विराटनगरका ईन्सपेक्टर सन्तोष निरौलाबाट रक्तदान दिने कार्यक्रम सुरुवात भएको थियो ।