काठमाडाैं । समानुपातिकमा कांग्रेस र एमालेको मत करिब-करिब बराबर जस्तै गरी समानुपातिकमा मत प्राप्त गरेका छन्। ‘समानुपातिकमा कांग्रेस-एमाले हाराहारी’ शीर्षकको समाचारमा सर्लाही क्षेत्रनम्बर २ र ३ को मतगणना बाँकी रहँदा समानुपातिकको कुल ११० सिटमा एमालेले ४१ र कांग्रेसले ४० सिट पाउने उल्लेख छ । ९५ लाख ३ हजार ६१८ मतगणना सकिँदा एमालेले ३३ दशमलव २६ प्रतिशत र कांग्रेसले ३२ दशमलव ७४ प्रतिशत मत पाएको देखिन्छ ।

यसैगरी १३ दशमलव ६३ प्रतिशत मत पाएको माओवादी केन्द्रले १७ तथा संघीय समाजवादी फोरम र राजपाले समान ६-६ सिट पाउने अाकडा देखिएकाे छ ।