धरान । मोरङको बिराटनगर महानगरपालिका ५ स्थित बरगाछी चौकबाट शनिबार प्रहरीले लागूऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ। लागूऔषधसहित सुनसरी धरान उप-महानगरपालिका १९ बस्ने २५ बर्षिय कल्पना राईलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

सि.आर.भी. बरगाछी र ट्राफिक सहित संयुक्त चेकजाँचमा खटिएको टोलीले शंकास्पद अबस्थामा हिडिरहेकी राईको शरिर खानतलासी लिने क्रममा लागूऔषध डाईजेल्याब २५ एम्पुल, लुपीजेसीक, २५ एम्पुल र एभील २५ एम्पुल फेला पारी बरामद गरेको हो। पक्राउ परेकी राईउपर थप अनुसन्धान भईरहेको छ। रार्इले जाेगवनीबाट लागुअाैषध ल्याएर धरानमा विक्री गर्ने गरेकाे हुनसक्ने अनुमान प्रहरीले गरेकाे छ ।