धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिषरमा सञ्चालित लाइफकेयर औषधि पसल नियमानुसार नहटेको भन्दै नेपाल औषधि व्यवसायी संघ कोशी अञ्चल शाखा धरानले तालाबन्दीसम्म गर्ने भएको छ । [caption id="attachment_65069" align="alignnone" width="944"] तस्बिरः भाेजराज श्रेष्ठ[/caption] संघले अवको सातदिनसम्म प्रतिष्ठान प्रशासनले हटाउने पहल नगरे तालाबन्दीसम्ममा उत्रिने आइतबार पत्रकार सम्मेलन गरेर चेतावनी दिएका छन् । यस अघि संघले बीपी प्रतिष्ठान, अख्तियार दुरुपयोग अनुसन्धान अयोग, औषधि व्यवस्था विभागसम्मलाई पत्राचार गर्दै लाइफ केयर अवैद्यानिक रुपमा सञ्चालन भएको जानकारी गराएको थियो । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयले प्रशासनलाई ताकेतासमेत गरेको थियो । यता प्रशासनले पनि लाइफ केयरलाई हट्नको लागि बारम्बार पत्राचार गरिसकेको दाबी गरेको थियो । त्यसका वावजुद पनि नहट्दा संघले यो पटक आन्दोलन गर्दै तालाबन्दीसमेत गर्ने चेतावनी दिएको हो । ‘धर्ना दिने, सुनुवाई भएन भने तालाबन्दी गरिदिन्छौं ।’ संघका संयोजक मचेन लिम्बूले भने । उनका अनुसार प्रतिष्ठान प्रशासनले हटाउने विषयमा प्रक्रियामा गइरहेको भन्दै जानकारी गराउने गरेको छ । लाइफ केयरको तीनवर्ष अघि नै म्याद सकिएको थियो । म्याद नाघे पनि हालसम्म हटाउने प्रयत्न नगरेको सह संयोजक राजु श्रेष्ठले बताए । उनले नेपाल सरकारको स्वामित्वमा रहेको संस्था वा अस्पतालले आफ्नो व्यवस्थापनमा औषधि बिक्री गर्ने भनिए पनि हालसम्म उक्त कार्यान्वयनमा प्रशासनसमेत नलागेको बताए ।