इटहरी । शनिवारदेखि लागेको हुस्सुका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । दैनिक कामकाज गर्नेहरुकालागी चिसो हुस्सुले थप समस्या परेको छ । तराइसँगै सबै क्षेत्रमा चिसो बढेको छ । जाडो याममा चिसो बढ्नु नौलो नभएको मौसमविदले बताएका छन् । राति आकाश सफा हुनाले तापक्रम घटेको र तुसारो परेको मौसमविद्ले बताएका छन् ।