काठमाडौं । आगामी चैतदेखि २० वर्ष पार गरिसकेका सबै सार्वजनिक सवारीलाई यातायात व्यवस्था विभागले देशैभर प्रतिबन्ध लगाउने भएको छ । इलेक्ट्रिक र ग्यास टेम्पोरमाइक्रोहरुलाई भने प्रतिबन्ध नगर्ने विभागले जनाएको छ ।

हाल सडकहरुमा २० वर्ष पुराना सार्वजनिक सवारीहरु गुडिरहेको अवस्थामा यि पुराना सवारीहरुले ध्वनी,वायु प्रदुषण गर्ने भएकाले यस्ता सवारी हरुलार्य हटाउन लागिएको बताइएको छ । २० वर्ष पुराना सवारीले दुर्घटनाको जोखिम समेत बढाइरहेको छ । अब चैतबाट भने अटेर गरेर त्यस्ता गाडी गुडाइरहे व्यवसायी कारवाहीकोभागिदार हुने विभागका प्रवक्ता डा। टोकराज पाण्डेले बताए ।

सरकारको निर्णयअनुसार आउँदो चैतदेखि २० वर्षे पुराना सवारीलाई कुनैपनि रुटमा चल्ने इजाजत नदिइने विभागले जनाएको छ । पुराना सवारीको नामसारी र विक्री वितरणमा पनि प्रतिवन्ध लगाइने बताईएको छ । यस्ता सवारी सडकमा गुडे ट्राफिक प्रहरी र विभागले कानुनअनुसार नियन्त्रणमा लिएर कारबाही गर्ने विभागले जनाएको छ ।

यस्ता २० वर्ष पार गरेका ५ हजार सार्वजनिक सवारी गुडिरहेको अनुमान विभागले गरेको छ । तर, एकीन तथ्यांक नभएकाले यो संख्या १० हजारसम्म हुन सक्ने अनुमानन गरिएको छ । अव विभागले नयाँ गाडी दर्ता गर्दा २० वर्षको आयु तोक्ने बताईएको छ । यहाँ भन्दा पहिले यो व्यवस्था थिएन । पुराना गाडीहरुको इन्जिन र पार्टपुर्जाको कार्यक्षमता कमजोर हुने भएकाले यसले यात्रु बोक्नु निकै जोखिपूर्ण मानिने भएकाले पनि यस्ता सवारी साधनहरु हटाउन लागिएको हो ।