जनकपुरधाम/ जनकपुरमा एक १२ बर्षीया बालिका सामूहिक बलात्कारको शिकार बनेकी छिन्। जनकपुर उपमहानगरपालिका ४ की ति बालिकालाई छिमेकी चार युवाले बलात्कार गरेका हुन्। दिउँसो अर्काको घरमा काम गर्ने ति बालिका शुक्रबार राति करिब ८ बजे आफ्नो घर फकिने क्रममा बाटोबाटै दुई जना युवाले उनलाई जवर्जस्ती मोटरसाइकलमा राखेर एउटा कोठामा लगेको पीडित बालिकाले जनाएकी छिन्। पीडित बालिकाका अनुसार मोटरसाइकलमा रहेका युवाले उनको मुख थुनेर एउटा कोठामा लगेका थिए। कोठामा अरु दुई जना युवाहरु रहेको उनले बताएकी छिन्।  पीडित् बालिकाले भनिन्, ‘म भाग्न खोज्दा उनीहरुमध्ये एक युवाले मलाई तीन-चार झापड हाने। रातभर उनीहरुले मलाई शोषण गरे।' राति छोरी घर नफर्केपछि उनका आमाबुबाले सबैतिर खोजेपनि भेटाएनन्। बिहान सबेरै छोरी असमान्य अवस्थामा घर पुगेको देखेपछि सोधीखोजी गर्ने क्रममा बलात्कारको घटना खुल्न आएको हो। बलात्कार गर्नेमध्येका केही युवा शनिबार दिउँसो घरमा आएर घटना सार्वजनिक नगर्न पीडित यूवतिलाई दवाव दिएको उनकी हजुरआमाले बताइन्। उनले भनिन्, ‘सुरुमा त हामीले घटना लुकाउन खोजेका थियौं तर घरमै आएर नातिनीलाई धम्की दिएपछि हामीले छिमेकीलाई खबर गर्‍यौं।' टनाबारे थाहा पाएपछि प्रहरीले बालिकालाई स्वास्थ्य जाँचका लागि आइतबार बिहान अस्पताल पठाएको छ भने बलात्कारमा संलग्न युवाको खोजी कार्य सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी सहायक निरीक्षक किस्मत भण्डारीले दोषी युवालाई प्रहरीले पक्राउ गरेरै छाड्ने दावी गरे। अन्नपूर्णपाेष्टबाट