पाँचथरको याङवरक-४ स्थित ईवा खोलामा रहेको रैराङ हाईड्रोपावरमा करेन्ट लागेर आइतबार एक जनाको ज्यान गएको छ।

ज्यान गुमाउँनेमा जिल्ला मकवानपुर हेटौँडा घर भइ हाल सोही हाईड्रोपावरमा काम गर्ने १८ बर्षिय अनिल तामाङ रहेका छन्।

उनलाई विहान ११:३० बजे हाईड्रोपावरमा पाईपलाईन बिछ्याई ओल्डिङ गर्ने क्रममा अचानक करेन्ट लागेको थियो।

गम्भिर घाइते उनलाई उपचारकोलागी जिल्ला अस्पताल पाँचथर ल्याउनसाथ मृत्यु भएको प्रहरी चौकी थर्पुले जनाएको छ।