धरान/ फेसनमा देश कै अग्रपंतिमा रहेको धरानमा हिपस्टर फेसन सो हुने भएको छ । फेसनको माध्यम वाट युवाहरुमा जनचेतना जगाई समाजमा सृजनशील कार्यहरुमा लाग्न अभिप्रेरित गर्नलाई धरानमा पहिलो पटक पर्पकर्न इन्टरटेन्टमेन्टको आयोजनामा हिपस्टर फेसन सो २०१७ को आयोजना हुन लागेको शनिवार धरान १० स्थित व्रिक क्याफेमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराए ।

नेपाल आइसको मुख्य प्रायोजनमा पुस ७ गते यलम्वर पार्कमा संम्पन हुने हिपस्टर फेसन सोमा मिस नेपाल २०१४ सुविन लिम्वु मिस प्लस टु २०१७ सिमरन तुलाधर, मिस प्लस टु फस्ट रनर अप विलम राई, मिस एसइइ २०१७ निसम लिम्वु, फस्ट रनरअप अलिना क्षेत्रि, मिस पूर्वाञ्चल फस्ट रनरअप सिमरन श्रेष्ठ लगायतले संगै र्याम वक गर्ने कार्यक्रम संयोजक अमित राईले जनाए ।

धराने युवाहरुको फेसन प्रतिको रुचि र लगावको कारण फेसन सोको माध्यम वाट अहिले विश्वमा नै वढदै गइरहेको ग्लोवल वाम्रिङ असरको न्युनिकरण सम्वन्धि युवाहरुमा जनचेतना ल्याउन यस खालको सोको आयोजना गरिएको पपकर्न इन्टरटेन्टमेन्टका डाइरेक्टर सुमिन आर्चाजुले जानकारी गराए । मिस्टर धरान २०१७ सुमिन आर्चाजुको कोरियोग्राफि तथा वेवाङ फेसन हाउसका प्रोपराइटर तथा डिजाइनर विलप राईको डिजाइनको पहिरनमा मोडलहरुले वक गर्नेछन ।

मोडलहरुले विन्टर क्याजुअल डे्रस , स्पोर्टस डे्रस र फरेस्ट थिम गरि तिन वटा सिक्वेन्समा र्याम वक गर्ने इभेन्ट म्यानेजर निसाम श्रेष्ठले वताए । फरेस्ट थिममा विशेष खालको डिजाइनमा पहिरन तयार गरिने जसले वातावरण सम्वन्धि सन्देश दिने अयोजकले जनाएका छन । सहभागिलाई थप मनोरञ्जन दिनको लागि धरान फिटनेस क्लवका मेम्वरहरुले फिटनेस गुरु वविता मगर र रेखा गुरुङको नेतृतवमा आर्कषक जुम्वा नृत्य, डिजे नवको डिजेइङ साथै स्थानिय कलाकारहरुले प्रस्तुति दिनेछ ।

कार्यक्रम वाट उठेको रकम वाट पत्रकार तथा मजदुरहरुको सहकार्यमा निर्माण भइरहेको मजदुर पुण्य प्याकुरेल घर निर्माणमा सहयोग गर्ने तथा धरान उपमहानगरपालिकाको कुनै एक क्षेत्रमा एक सय एक वटा वृक्षराेपन गर्ने पनि आयोजकले जनाए ।