धरान/उदयपुर बेलका नगपालिका–९, का मानबहादुर राईले आइतबार जन्मिएकी छोरीको जन्मदर्ता प्रमाण पत्र पहिलो पटक पाउँदा निक्कै खुसी थिए । [caption id="attachment_65100" align="alignnone" width="948"] जन्मदर्ता प्रमाण पत्र प्रदान गर्दै प्रजिअ गाेपालप्रसाद पराजुली र प्रतिष्ठान प्रशासनका निमित्त उपकुलपति शिक्षाध्यक्ष प्रा.डा. गुरू खनाल । तस्बिरः भोजराज श्रेष्ठ[/caption] उनले जन्म प्रमाणिकरणा प्रमाण पत्र पनि यसरी पाइएला भन्ने सोचेकै थिएनन् । उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जन्मिएकी छोरीको प्रमाण पत्र एक कार्यक्रमकै बीच प्राप्त गरे । राईले सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली र बीपी प्रतिष्ठानका निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालमाफृत् जन्म प्रमाणिकरण प्रमाण पत्र पाए । धरान उपमहानगरपालिकाले आइतबारबाटै थालेको जन्मदर्ता प्रतिवेदन प्रणाली अनुसार उनलाई जन्म प्रमाणिकरणको प्रमाण पत्र पाएका कारण उनी खुसी देखिन्थे । बीपी प्रतिष्ठानमा आएर जन्मिने हरेक शिशुको परिवारलाई धरान उपमहानगरले प्रतिष्ठानबाटै उपलब्ध गराउने प्रणालीको विकास गरेको छ । जस अन्तर्गत आइतबार राईलाई प्रदान गरिएको हो । संघीय मामिला तथा स्थानीय विकास केन्द्रीय पञ्जिकरण विभाग, काठमाडौंको अभियानलाई धरानले पनि शुरुवात गरेको हो । यो वालमैत्री उपमहानगर बनाउने अभियानको एउटा अंशसमेत रहेको सामाजिक विकास शाखा अधिकृत गणेशप्रसाद खतिवडाले बताए । ‘बालमैत्री नगरको एउटा सूचकको रुपमा यो पनि हो ।’ उनले भने, ‘अस्पतालको प्रमाण भएपछि जन्मदर्ता गर्न सहज पनि हुन्छ ।’ धरान उपमहानगरले जन्मदर्ताको लागि अव धरानका सबै अस्पतालहरु (जहाँ प्रशुतिको व्यवस्था छ) सँग सहकार्य गरेर यसरी नै जन्म दर्ता प्रमाणिकरण दिने प्रक्रियाको थालनी गरिने प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताए । जसलाई अनलाइन रेकर्डसमेत गरिने तयारी गरिएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीसंकर शाहले राष्ट्रिय स्तरमा पनि यसले फाइदा पुग्ने र बीपीको लागि पनि यो राम्रो भएकाले आजदेखि नै लागू गर्ने बताए । त्यस क्रममा प्रजिअ पराजुलीले नेपालीहरुले जन्मदर्ताको महत्व नबुझ्दा अनेकौं कानूनी अड्चन तथा बाधाहरु उत्पन्न हुने गरेको बताए । यसले बाल मृत्यु दर मात्रै हैन, माृत मृत्युदरसमेत घट्ने बताए । ‘अस्पतालमा आएर प्रशुति गराएपछि यसले वालमृत्यु दर र मातृमृत्यु दरसमेत घट्छ ।’ उनले भने, ‘अस्पतालमा नजन्माइकन नगरपालिकामा पञ्जिकरण हुँदैन भन्ने सोचको विकास गर्नुपर्छ ।’ नगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले पनि व्यक्तिको महत्वपूर्ण कागजको रुपमा जन्मदर्ता रहेको बताइन् । ‘यो राज्यको नागरिक हुनुको प्रमाण पनि हो ।’ उनले भनिन् ।