धनकुटा । प्रदेस नं. १ को राजधानी धनकुटालाई तोकिनु पर्ने मागगर्दै जिल्लाबासीलेआईतबार क्षेत्रियप्रशासनकार्यालय धनकुटा घेराउ गरेका छन् । एक घण्टासम्मनाराजुलुस सहितजिल्लाबासीले क्षेत्रियप्रशासनकार्यालय धनकुटा घेराउ गरेकाहुन । धनकुटाको मदनचौकबाट जुलुस सहितगएका धनकुटाबासीले भौगोलिक रुपले समेत प्रादेशिक राजधानीधनकुटा सवै भन्दाउपयुक्तभएको बताएका छन् । आन्दोलनको अगुवाइ धनकुटा उद्योग वाणिज्य संघ र नागरिक समाजले गरेका छन् । प्रादेशिकमन्त्रालयकालागिभौतिक संरचना र प्रशस्त सरकारी जमिन रहेकाले धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न माग गरेका छन् । घेराउ पछि धनकुटावासीले निमित्त क्षेत्रीयप्रशासक शेवन्तदाहालमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्र बुझ्दै निमित्त क्षेत्रीयप्रशासकदाहालले जिल्लाबासीको मागलाई नेपाल सरकार प्रधानमन्त्रीको कार्यालयमाजानकारी पठाउने बताएका छन् । जिल्लाबासीले बुझाएको ज्ञापनपत्रमा धनकुटा ऐतिहासिक ठाउँ भएकाले यसको विकास र समृद्धिको लागि राजधानीआवश्यक रहेको उल्लेख गरेका छन् ।धनकुटामा ३ सय ९१ वटा सरकारी भवन, शहरी विकासको नाममाकरिव ३ सय रोपनीजग्गा, विद्युतप्राधिकरणको दुई सय र धनकुटा नगरपालिका स्वामित्वमा ४८ हजार ६ सय ३५ रोपनी सार्वजनिकजग्गा रहेको छ । त्यसैले राज्यको सम्पत्तिको संरक्षण र आर्थिक ब्यायभार कमगर्नको लागीपनिधनकुटालाई १ नम्वर प्रदेशको राजधानीबनाउनु पर्ने मागउनीहरुको रहेको छ ।