विराटनगर । आवश्यक पूर्वाधारदेखि संरचनाहरुसमेत प्रयाप्त भएकोले प्रदेश नम्बर १ को राजधारी विराटनगर तोक्नेपर्ने माग मोरङबाट निर्वाचित संसद तथा विराटनगरका मेयरले माग राखेका छन् ।

प्रदेश नं. १ को राजधानी विराटनगरमा हुनु पर्ने मागसहित सांसद तथा विराटनगर महानगरपालिको मेयर भिम पराजुलीले ज्ञापनपत्र बुझाएका हुन् ।मेयर पराजुलीले प्रधानमन्त्री शेरबहादुर देवाउलाई भेटेर ज्ञापन पत्र बुझाए भने मोरङबाट निर्वाचित सांसदले मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् ।

मोरङको क्षेत्र नम्बर ४ को २ बाट निर्वाचि सांसद जीवन घिमिरे, ५ को (२) बाट निर्वाचि सांसद जयराम यादव र ६ को (२) बाट निर्वाचित सांसद केदार कार्कीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाए ।

उनीहरुले १ नम्बर प्रदेशको राजधानी बन्नसक्ने आधार सहितको ११ बुद्धे ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयमा बुझाएका थिए । निर्वाचित सांसदले बुझाएको ज्ञापनत्रमा भविष्यमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रशस्त जमिन भएको र बृहत विराटनगरको अवधारणबाट अझ यसलाई विस्तार गर्न सकिने संभावना रहेको छ, राजधानीको पूर्वाधार विस्तार गर्न जंगल फाँढ्नु नपर्ने र यसो गर्दा कुनै प्राकृतिक, ऐतिहासिक र धार्मिक स्थललाई प्रतिकूल असर नगर्ने, बहुसंख्यक जनतालाई सजिलो हुने नगर नै विराटनगर भएको लगायतको बुद्धाहरु उल्लेख छ ।