इटहरी । सुनसरीको इटहरी उप-महानगरपालिका-२० मा आइतबार काठ्मान्डौतर्फ जादै गरेको ना ५ ख ६५६ नम्बरको बसलाई सोही दिशातर्फ जादै गरेको ना ६ ख १५५४ नम्बरको बसलाई ठक्कर दिदा तीन जना घाइते भएका छन्।

घाइते हुनेमा धनकुटा पाख्रिबास नगरपालिका-९ बस्ने ४६ बर्षिय बिष्णु तामाङ, सोही ठाउँकी ५० बर्षिया टिकामाया तामाङ र जिल्ला संखुवासभा खाँदबारी नगरपालिका-७ बस्ने २७ बर्षिय दिलिप मगर घाइते भएका छन्।

घाइते तीनै जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानाम उपचार भइरेहको छ। दुवै बसका चालक प्रहरीको नियन्त्रणमा छन्।