विराटनगर । मोरङको विराटनगर-४ स्थित केशलिया खोला नजिकै रहेको निर्माणाधिन म्याजिक चप्पल फ्याक्ट्रीको भवनको पर्खाल भत्किदा आइतबार एक कामदारको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन्।

अपरान्ह ४ बजेतिर अचानक फ्याक्ट्रीको पर्खाल भत्किदा सोही फ्याक्ट्रीमा कम गर्ने सुनसरी दुहबी-१३ पूर्वकुसाहा बस्ने ४५ बर्षिया कलावती देवी चौधरीको घटना स्थलमै मृत्यु भएको हो।

दुर्घटनमा मोरङ बिराटनगर-४ बस्ने ५० बर्षिय रतन माझी, दुहबी-भलुवा नगरपालिका-११ बस्ने २५ बर्षिय रमेश मण्डल र सोही ठाउँका ३५ बर्षिय बीर नारायण चौधरी घाइते भएका छन्।

उनीहरुको नोबेल अस्पताल विराटनगरमा उपचार भई रहेको छ। घटनाबरे थप अनुसन्धान भइरेहको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।