काठमाडाैं । नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । चुक्ता पुँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो ।

निगमको चुक्ता पुँजी २९ करोड रुपैयाँ रहेको र त्यसलाई वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्‍याउन सेयर निष्कासन गर्न लागिएको छ । यसबारे अर्थ मन्त्रालयमा छलफलसमेत भइसकेको छ ।

निगम कम्पनी ऐन २०२१ अन्तर्गत दर्ता भए पनि चुक्ता पुँजी न्यून छ । अहिले नयाँ ऐन २०६३ जारी भइसकेकाले सोही अवधारणामा जान निगमले आवश्यक कदम चाल्न लागेको हो ।

सरकारले दैनिक कार्य सञ्चालनमा स्रोत अभाव भएपछि ६ प्रतिशतसम्म ब्याज तिरेर धमाधम आन्तरिक ऋण उठाइरहेको छ ।

आर्थिक वर्षको पाँच महिना नबित्दै १ खर्ब ९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइएको छ । स्थानीय तह कार्यान्वयनसँगै खर्च बढे पनि राजस्व भने लक्ष्यअनुसार नउठेपछि सरकार आन्तरिक ऋणको भर पर्नुपरेको अायल निगमले जनाएकाे छ ।