धरान । अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको लागि आयोकज धरान फुटबल क्लबलाई आधुनिक प्राविधिक उपकरण धरान समाज युकेका पदाधिकारीहरुले सहयोग गरेका छन् ।

धरान समाज युकेका पदाधिकारीहरु सूर्यमान गुरुङ, राजु लिम्बू, अन्जन कुमार गुरुङ, निर्मल दास गुरुङ र किरण शर्माले उक्त सहयोग सामाग्री उपलब्ध गराएको ‘प्रोफेसनल रेफ्रि कम्युनिकेशन सिस्टम’ ले खेलको ‘फेयर डिसिजन’ सहि निर्णय लिन सजिलो हुन्छ । उक्त उपकरणको प्रयोग अहिले विश्वका समुन्नत राष्ट्रहरुले गरिरहेका छन् ।

उक्त उपकरण शनिबार एक कार्यक्रमको आयोजना गरी धरान समाज युकेका पदाधिकारीहरुले धरान फुटबल क्लबलाई हस्तान्तरण गरेका थिए । उक्त प्रविधिबाट खेलको निर्णय लिन निर्णायकहरुलाई सहि निर्णय गर्न सजिलो हुने युके समाजका सूर्यमान गुरुङले बताए । उनले भने मुख्य निर्णायक र सहायक निर्णायक तथा अफिसियलहरुसँग अनलाइन सम्पर्कमा रहने भएकोले सबैसँग समन्वय तुरुन्त गर्न सकिने र रेफ्रिले लिने निर्णय सहि हुने बताए ।