काकँरभिट्टा/ मानव बेचबिखन रोक्न भन्दै झापाको काँंकरभिट्टामा रहेको विश्व सेवा नाम संस्थाले गलत रिर्पोट पठाएर पूर्वी नाका कांकरभिट्टालाई बदनाम गर्ने काम गरिरहेको खुलासा भएको छ । उक्त संस्थाले झुटो रिपोर्ट तयार गरी सम्बन्धित निकायको आँखामा छारो हालिरहेको पाइएको हो । बिगत २ बर्ष अघि स्थापना भएको बिश्व सेवा बिस्तार संस्थाले सोधपुछका लागि ल्याएका चेलिहरुको गलत रिर्पोट बनाएर उद्धार गरेको भन्ने गरेको पाइएको छ ।  पूर्वी सिमामा सन २०१६ को मार्च १ बाट काम सुरु गरेको हो । मानव बेचविखन बिरुद्धको अपराध नियन्त्रण गर्नका लागि नाकामा खटिँदै आए पनि जागिर टिकाउन र डलर पचाउने नियतले गलत रिपोर्ट बनाउने गरेको तथ्य सार्वजनिक हो । मानव बेचबिखनका दृष्टिकोणले नेपालकै एक मुख्य ट्रान्जिट पोइन्टका रुपमा लिइने काँकरभिट्टा नाकामा निजी स्वार्थ पूरा गर्नका सोधपुछ गरी परामर्श दिइएकाहरुलाई समेत उद्धार गरिएकाहरु भनि वर्षेनी सम्बन्धित निकायलाई गलत तथ्याङ्क पेश गर्ने गरिएको  रहस्य सार्वजनिक भएको हो । उक्त संस्थाले २०१६ को मार्च देखि १७ फेब्रअरी सम्ममा ४४१ जना चेलिहरुको उद्धार गरेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । तर इलाका प्रहरी कार्यालय कांकरभिट्टालाई बुझाइएको प्रतिवेदनमा भने सोही अवधिमा ८९ जनालाई मात्र उद्धार गरेको पाइएको छ । प्रहरीलाई बुझाएको तथ्याङ्क भन्दा गरिब ५ गुणबढीस् संख्या थपेर कांकरभिट्टामा ब्यापक रुपमा मानव तस्करी हुने गरेको गलत रिर्पोट पेस गर्ने गरेको तथ्याङ्क फेला परेको हो । संस्थाले उद्धार गरेका सबै युवतीहरुलाई अभिभावकको जिम्मा लगाउने गरेको तर, संस्थाको रेकर्डमा भने सबै चेलीहरु जिम्मा बुझाइको भन्ने  आधिकारीक रिपोर्ट राख्ने गरिएको छैन् । केहि दिन अघि मात्र सुनसरीको धरान निवासी पुनम प्रधानलाई यहि संस्थाले सोधपुछ गरि नाकाबाट छोडेको थियो । प्रधान १४ बर्ष देखि दिनहुँजसो सिमावर्ती भारतीय बजार सिलिगुढी आउजाउ गर्ने गर्छिन् ।उनको प्राय भारत तिर बस्छिन् । उनको घरनै भारतमा छ ,तर सँस्थाले भेटेको केही दिन पछि नै उनको नाममा उद्धार गरिएकी महिला भनि रिपोर्ट तयार गरेको छ । संस्थाको रिपोर्टमा पुनम भारतको बिषयमा अनबिज्ञ रहेको  उल्लेख गरेको छ । आफ्नो श्रीमान सँग डिर्भोस भएको बताए तापनि रिपोर्टमा बैदेशिक रोजगारका लागि गएको र बाल बच्चा हुर्काउन पैसा कमाउनका लागि भारत गएको भन्ने गलत विषय उल्लेख गरेको प्रमाण फेला परेको छ । यस बिषयमा पुनमले बिश्व सेवाकी सहायक निर्देशक मुना आचार्यलाई फोन गरेर बुझदा यो रिपोर्ट कतै पठाउने होईन् । यस्तो भएको भए च्यात्ने बताईकी थिईन् । तर, पुनमले भने मुनालाई आफु मिडियामा गएर आफूमाथि लगाइएको झटा आरोप बारे जानकारी गराउने भनेकोे भिडियो रेर्कड सुरक्षित रहेको छ । यो त प्रतिनिधी पात्र मात्र हो । ताप्जेलुङ कि कृतिका खतिवडा भारतको पानिट्याङकी आफ्नो श्रीमान सँग सौदा गर्न गएकी थिईन् । तर उनले आफु भागेर बिबाह गरेका कारण घरमा बताएकी थिईनन् । काकँरभिट्टामा उनलाई बिश्व सेवाले सोधपुछ गरेपछि फोटो खिचेर छोडेको थियो । उनी आफ्ना श्रीमान लोकेन्द्र सँगै बिर्तामोडमा बस्दै आएकी थिइ्रन् । तर त्यस पछि सस्थाले उनीहरुको बिषयमा गलत रिपोर्ट बनाएको अर्को प्रमाण समेत फेला परेको छ । दुबै जना भारतको बिषयमा नजान्ने, कृतिका सँगको चिनजान एक साता समेत नभएको, साथै कृतिकालाई लोकेन्द्रले ललाई फकाई लादै गरेको भनेर बनाएको रिपोर्टमा अभिभावकको जिम्मा लगाइएको भनिएको छ । तर अभिभावकलाई जिम्मा लगाइएको भन्ने आधिकारीक प्रमाण नै संस्था सँग छैन् । यो बिषयमा समेत लोकेन्द्रले मुना सँग बुझदा झुटो कुराको पछि नलाग्न भन्दै इलाकामा आउन धम्की दिएकी थिईन् । यी त यस सस्थाका प्रतिनिधी कुरा मात्र हुन यस्तो झुटो रिपोर्ट तयार गरेर यस सस्थाले यो नाकामा बार्षिक २५ लाख बढि रकम खर्चिँदै आएको छ । यो रकम निकासा गर्नका लागि केन्द्रिय डाईरेक्टर मानवहादुर खत्री काठमाडौमा बसेका छन् । उनका मातहतमा झापमा मुनाले यो आर्थिक कारोबार गर्दै आएकी छन्् । उता यस बिषयमा इलाका प्रहरी कार्यालय काकँरभिट्टा का डिएसपी टंकप्रसाद भट्टराई त्यति अनबिज्ञा नहरेको भन्दै इलाका प्रहरीमा उपलब्ध तथ्याङक मात्र प्रस्तुत गरे । संस्थाले इलाका प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलमा लगेर टिपोर्ट गरि सेल्टरमा राखि अभिभावकको जिम्मा लगाए पछि मात्र रिपोर्ट तयार गर्नु पर्ने हो । तर, संस्थाले जुन दिन बोर्डरमा सोधपुछ गर्छ । त्यहि दिन यस्ता झुटो रिपोर्ट तयार गर्ने गरेको छ । यस बिषयमा सिमा नाकामा निगरानी बढउनु पर्नेमा प्रतिस्पर्धा को लागि गलत रुपमा रिपोर्ट तयार गर्ने सूचना पाइएको हुदा यस बिषयमा निगरानी बढाउने कुरामा नगरपालिकाले खवरदारी गर्ने मेची नगर पालिकाका मेयर बिमल आचार्यको भनाई  छ । प्रत्येक महिना यस संस्थाले यो नाकामा ४० जना भन्दा बढि उद्धार गरेको रिपोर्ट तयार गर्ने गरेको छ । तर यी रिपोर्ट तयार गरिएका मध्ये ८० प्रतिशत निर्दोश ब्यति रहने सस्थाकी एक कर्मचारीले नाम नबताउने सर्तमा बताईन् । संस्थाले सेल्टरमा राखेर अभिभावकको जिम्मा लगाएमा मात्र त्यो आधिकारीक रिपोर्ट हुन्छ । अन्य सबै नाटकिय तरिकामा रिपोर्ट तयार पार्ने गरिएको रहस्य धमाधम खुलासा भइरहेका छन् । त्यस्ता तथ्यहिन रिपोर्ट तयार गर्न भने आचार्यले आफ्नै कर्मचारी खटाउने गरेकीछन् । यस कार्यमा केन्द्रिय डाइरेक्टर र सहायक निर्देशकको समेत मिलेमतो रहने गरेको छ । यता संस्थाले शाखा सञ्चालनका लागि भनेर गठन गरेको उपसमिति समेत बर्षमा २ पटक बिगठन हुदै आएको छ । संस्थाको गतिबिधी देखेर समितिका अध्यक्ष तरुण राई सहितको कार्यसमिति रुष्ट भई त्यस्तो समितिमा नबस्ने बताउँदै आएका छन् ।

सहायक निर्देश मुना आचार्य आफै समितिको कोषाध्यक्ष र आफै पहिले शाखा प्रमुख हुदै अहिले साहायक निर्देशकको तलव खाईरहेकी छिन् । भने उनका दाजु नेत्र आचार्यलेलाई बिना कारण संस्थाले तलव खुवाउने गरेको छ । तर संस्थाले भने आफूहरुलाई लगाएको आरोप झुटो रहेको बताएको छ । संस्थाका केन्द्रिय डाइरेक्टर मानबहादुर खत्रीले कुनै पनि रिपोर्ट झुटो नभएको दाबी गरे । यति मात्र नभएर मुना आचार्यकी दिदि मिना समेत गरी एकै परिवारका ४ जनालाई सस्थाबाट मासिक तलब खुवाएर संस्थालाई कर्मचारीको भर्ति केन्द्र बनाउँदै आएको तथ्य खुलेको छ । अहिले यस संथाले पूर्वी नाका र भद्रपुरमा सेवा बिस्तार गरेको भएतापनि यो संस्थाले केहि महिना अघि सम्म उक्त संस्थाले समन्वय गर्नै पर्ने सरकारी निकाय जिल्ला बालकल्याण समिति सँग कुनै सहकार्य नगरेको पाइएको छ । यति मात्र नभएर रिपोर्ट तयार गर्दा नाकामा चेलिको नाममा फोटो खिचेर भारतबाट बैकल्पिक नाम दिएर एजेन्ड आउदै गरेको भनी झुटो रिपोर्ट तयार गर्ने र अनावश्यक चेलिहरुबो फोटो राखि वृत्तचित्र तयार गरि बजेट माग गर्ने गरिएको छ । विदेशी डलर तह लगाउँदै जागिर जोगाउन र सस्तो लोकप्रियता कमाउन विश्व सेवा विस्तारको गलत हर्कतका कारण अन्य संस्थाको गरिमामाथि गम्भीर असर पुग्ने गरेको छ । तसर्थ, यस्ता संस्थाहरुलाई सम्बन्धित सरोकारवाला निकायहरुले निगरानी गर्नु जरुरी छ ।