रासस/ निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका १० जनामध्ये आठ जनालाई तारिखमा रिहाइ गरिएको छ । निर्वाचन बिथोल्ने गतिविधिको आशंकामा जिल्लाको विभिन्न ठाउँबाट पक्राउ परेकामध्ये दुई जनाको भने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीले भोजपुर सदरमुकाम, सिद्धेश्वर, छिनामखु, बोयालगायत विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो । निर्वाचन मत परिणाम सार्वजनिक भएसँगै उनीहरू तारिखमा छुटेका हुन् । पक्राउ परेका अन्य दुई जनाको विषयमा भने मुद्दा चलिरहेको प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले जानकारी दिए । उनीहरूलाई  एक—एक हजार धरौटी लिएर तारिखमा छाडिएको सहायक प्रमुुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।