धरान/ पर्यटकीयस्थल भेडेटारमा ३ दिने सडक उत्सव हुने भएको छ । होटल एशोसिएसन अफ भेडेटारको आयोजनामा पौष १६ गते देखी १८ गते सम्म सडक उत्सव हुने भएको हो ।

[caption id="attachment_65181" align="aligncenter" width="960"] राेजन रार्इ फेसबुकबाट[/caption]

पर्यटन प्रवद्र्धनका लागि गरिएको सडक उत्सवमा घरेलु तथा जातीय खानेकुराहरु प्रदर्शनमा राखिने होटल एशोसियसनका अध्यक्ष लीलाराज लावतीले बताएका छन् । उत्सवमा साँगुरीगढीको भेडेटार देखी काम्फेकसम्म विभिन्न स्टलहरुमा जातीय भेषभुषा, खानेकुरा, हस्तकलाका सामाग्रीहरु प्रदर्शनमा राखिने भएको छ ।

साथै उत्सवको दास्रो दिन राष्ट्रिय गायक राजेशपायल राईको विशेष प्रस्तुित रहने अधयक्ष लावतीले बताए । उनले भने ‘उत्सवमा स्थानिय कलाकारहरुको प्रस्तुति र सास्कृतिक नाच झाकी, हुर्रा , चण्डी, च्याब्रुङ लगायतका नृत्यहरु देखाउने छौ ।’ पुर्वाञ्चलमा रहेका पर्यटकीयस्थलको फरक शैलीमा प्रचार-प्रसार गर्ने योजना रहेको पर्यटन प्रवद्र्धन भेडेटारकी एम्बारसडर एवम् मिस पुर्वाञ्चल २०१७ की विजेता रुबी लिम्बुले बताइन् । उनले भनिन्, भेडेटार पर्यटन प्रवद्धनका लागि सामाजिक सञ्जालको सहायताले फरक शैलीमा वृत्तचित्रको निर्माण गर्दै अन्तराष्टिय जगतमा पुर्याउने छौ ।’

सडक उत्सवमा १७ लाख रुपैया अनुमानित खर्च लाग्ने आयोकले जनाएको छ । उत्सवमा २० देखि ३० हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य लिएको होटल एशोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्दालीराईले जानकारी दिए ।