रासस–सिन्ह्वा/ भारतमा विधान सभा निर्वाचनको मतगणना सुरु भएको छ । भारतको हिमाञ्चल प्रदेश र गुजरात राज्यको निर्वाचनको मतगणना सोमबार बिहानबाट सुरु भएको छ ।

राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा हिमाञ्चल प्रदेश र गुजरातमा निकै कडा सुरक्षा व्यवस्थाबीच मतगणना सुरु गरिएको बताइएको छ । भारतका यी दुई प्रदेशको मतगणना सोमबार बिहानबाट सुरु गर्नेगरी सबै तयारी गरिएको एकजना निर्वाचन अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार यी दुई प्रदेशमा मतगणना गर्न सोमबार बिहान गणनास्थलमा निकै कडा सुरक्षा व्यवस्था अपनाइएको छ । मत गणनास्थलबाट प्राप्त पछिल्लो परिणामअनुसार ती दुवै राज्यमा भारतीय जनता पार्टी (विजेपी) ले धेरै स्थानमा अग्रता लिइरहेको छ । विजेपीलाई भारतीय राष्ट्रिय काँग्रेसले पछ्याइरहेको देखिएको प्राप्त पछिल्ला समाचार विवरणहरुमा जनाइएको छ । तर गुजरातको यस निर्वाचनलाई काँग्रेसले विजेपीलाई टक्कर दिएको रुपमा हेरिएको छ । गुराजत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश हो । यहाँ कांग्रेसले दिएको टक्करलाई निकै महत्वाका साथ हेरिएको छ । यसअघिको संसदीय निर्वाचनमा देशभरिबाट बढारिएको काँग्रेसले मोदीको प्रदेशमा दिएको यो टक्करलाई महत्वाका साथ हेरिएको छ । मत गणनाको पछिल्लो परिणामअनुसार गुजरातको १८२ स्थानमध्ये विजेपीकै अग्रता छ । उसले १०३ स्थानमा अग्रता लिएको छ । साथै उसलाई टक्कर दिइरहेको काँग्रेसले पनि ७७ स्थानमा अग्रता कायम गरेको छ । हुनत काँग्रेस पछि नै छ तर गुजरातमा दिएको यो टक्कर कांग्रेसका लागि ठूलो उपलब्धि भएको विश्लेषकहरुको भनाई छ । हालैमात्र भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षमा राहुल गान्धी निर्वाचित भएको छ । उनले पार्टीको नेतृत्व सम्हालेपछिको यो पहिलो निर्वाचन हो । त्यसैले कतिपय विश्लेषकहरुले भारतमा कांग्रेसको पुनरागमनको सङ्केत हो पनि भनेका राधजानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । तर यता हिमाञ्चल प्रदेशमा भने कांग्रेसको साख घट्ने देखिएको छ । त्यहाँ विजेपीको ४४ र काँग्रेसको २० स्थानमा अग्रता देखिएको छ । यहाँ ६८ स्थानका लागि निर्वाचन भएको थियो । त्यसैले पनि अहिलेकै परिणामहरुले पछिसम्म स्थान पाउने हो भने यस परिणामलाई अनपेक्षित भनिएको छ । यसअघिको परिणामभन्दा काँग्रेसले धेरै स्थानमा विजय हासिल गर्ने देखिएको बताइएको छ । तर निर्वाचन सम्पन्न भएपछिका सर्वेक्षणहरुले भने भारतीय जनता पार्टी नै सबैभन्दा ठूलो दलका रुपमा विजय हासिल गर्ने देखाएका छन् ।