इन्जिनियर रामबहादुर यादव ८० हजार घुससहित पक्राउ परेका छन् । कन्सट्रकसन कम्पनी दर्ताका गर्न जिल्ला प्राविधिक कार्यालय सिरहाबाट सिफारिस दिन यादवले घुस माग गरेको खुल्न आएको छ ।

इटहरीबाट खटिएको अख्तियारको टोलीले सेवाग्राही संग लहान स्थित महाबिर होटेलमा घुस लिदै गर्दा पक्राउ गरेको हो । इन्जिनियर यादव जिल्ला प्राविधिक कार्यालय सिरहाको कर्मचारी हुन् ।