मोरङ/कृषिमा आधुनिक र अग्र्यानिक प्रणाली अपनाउँदै आर्थिक उन्नती गर्न सकिने विस्तृत योजनाका साथ मोरङको पथरीशनिश्चरे २ स्थित मत्स्य विकास समृद्धि बहुउद्धेश्यीय सहकारी संस्थाले ५० करोड रुपैयाँको स्टिमेट बजेट तयार गरेको छ ।

५ वर्षअघि जिल्लाको उर्लाबारीमा संस्थाको स्थापना भएपनि गत वर्षमात्र संस्था पथरीशनिश्चरेका वासिन्दाले सञ्चालन गरी नयाँ समिति बनाएर अघि बढ्ने क्रममा यसखाले योजना बनेको हो । सोमबार सम्पन्न संस्थाको पाँचौं वार्षिक साधारणसभामा सल्लाहकार सर्वलाल राईले सहकारी संस्थालाई व्यवसायिक उन्नतीमा लगाउनु पर्ने आवश्यता केलाउँदै कृषिमा ठूलो उन्नती गर्न सकिने स्पष्ट दृष्टिकोणका साथ संस्थाको योजना प्रस्तुत गरे । उनले सस्तो मुल्यको वगर खेत किनेर त्यसमा आधुनिक र अग्र्यानिक कृषि उत्पादनका लागि ५० हजार रुपैयाँ प्रति शेयर लगानी गर्न देश विदेशमा रहनेसँग सूचना खुलाउने र १० हजार वटा शेयर विक्री गर्ने लक्ष्य रहेको सुनाए । त्यसरी जम्मा भएको ५० करोड रुपैयाँमध्ये १० करोडले कृषिजन्य उपकरण, ३० करोडले वगरखेत खरिद र १० करोडले प्रत्येक्ष प्रदेशमा एक एकवटा कृषिजन्य थोक पसलको गोदाम निर्माण गर्ने उल्लेख गरे । ‘हामी गाउँमा खोला वगर क्षेत्रमा सस्तो पर्ने जग्गा लिन्छौं र खोलाको समेत तटवन्ध गरेर आसपासको वस्ती संरक्षण गर्ने समेतको भूमिका हाम्रो रहन्छ ।’– कार्यक्रममा देशविदेशका कृषिमा भएका प्रगतिका कुरा सुनाउने क्रममा उनले भने ‘ वार्षिक २ करोड ८८ लाख लगानीमा १२ करोड रुपैयाँ मुनाफा गर्न सकिने हामीसँग स्पष्ट व्यहारिक योजना छ । यो केही वर्षभित्रमा पुरा गरेर देखाउँछौं ।’ उनले वार्षिक वर्षेनी ७० हजार मेट्कि टन खाद्यान्ह आयात गर्नुपर्ने कृषि प्रधानदेश नेपालको विडम्वनापूर्ण अवस्थालाई सरकारले कृषिका लागि स्पष्ट र लाभकारी नीति ल्याएको खण्डमा कृषिबाट सुन फलाउन सकिने विष्लेशष प्रस्तुत गरे । गाइपालन व्यवसायमा सरकारी सहुलियतको ऋण लिन नसकेर हैरान भई वढी व्याजमा नीजि वैंकबाट ऋण लिएर आफुले व्यवसाय गर्नु परेको व्यथा सुनाउँदै कृषि र हाइडेपावरबाट ठूलो उन्नती गर्नका लागि जनमुखी दर्विलो सरकार बन्नु आवश्यक रहेकोमा समेत जोड दिए । कार्यक्रममा संस्थाका अध्यक्ष सुवास राई (सन्तोष) ले अवको वर्षमा पथरीशनिश्चरे नगर क्षेत्रमा संस्थाले अग्र्यानिक पसल खोल्ने योजना रहेको वताए । अग्र्यानिक खेतीमा जोड दिनका लागि हालसम्म नगरमा ४ वटा कृषक समूह समेत गठन गरिएको उल्लेख गरे । हाल २ सय ८३ शेयर सदस्य रहेको सहकारीमा २१ लाख ४९ हजार ४ सय शेयर पूँजी रहेको छ । संस्थाले १६ लाख ७ हजार रुपैयाँको कारोवार गरेको छ ।