एजेन्सी/ भारतको मुम्बईमा एक मिठाई पसल रहेको भवनमा आगलागी हुँदा १२ जनाको जलेर मृत्यु भएको छ ।

मुम्बईका अग्नि नियन्त्रक अधिकारीहरुले अनुसार बिहान सवा ४ बजेबाट मिठाई पसल रहेको भवनमा सल्किएको आगोमा परी १२ जनाको जलेर मृत्यु भएको र अन्य ३ जना गम्भिर घाइते भएको बताएका छन् ।

अग्नि नियन्त्रक अधिकारीहरुले बिद्युत्को तार सर्किट हुँदा आगो लागेको बताएका छन् । उक्त भवनको भुइँतलाबाट सुरु भएको आगो पूरै भवनमा फैलिँदा १५ जना कामदार भवनमा फसेका थिए ।

अग्नि नियन्त्रक टोलिले ती १५ जनालाई उद्धार गरी उपचारका लागि राजवाडी अस्पताल पुर्‍याउँदा अस्पतालले १२ जनालाई मृत घोषणा गरिएको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

आगलागीबाट उक्त जीर्ण भवन पूरै ध्वस्त भएको छ ।