काठमाडौं/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फको गणना सकिएको छ, तर आयोगले त्यसको औपाचरिक घोषणा गर्न सकेको छैन ।

निर्वाचन र गणना अवधिमा दिनदिनै विज्ञप्तिमार्फत जानकारी दिँदै आएको निर्वाचन आयोग समानुपातिकतर्फको परिणामबारे मौन मात्र छैन, त्यसको प्रक्रिया कसरी लम्ब्याउने भन्ने उपायको खोजीमा देखिन्छ ।

कति मत सदर भए, कुन दलले कति पाए, कति मत बदर भए, आयोग बोलेको छैन । आयोगको वेबसाइटमा मतपरिणामको विवरण राखिए पनि त्यो सम्पन्न भएको हो वा होइन, कतै खुलाइएको छैन । यो खबर आजको कान्तिपुरमा छ ।