जेसीज वर्ष २०१८ लागि एकवर्षे नेतृत्व चयनका लागि ४४ औं महाधिवेशन पुस ८, ९ र १० रुपन्देहिको सिदार्थनगरमा हुँदैछ । देशभरका साढे छ हजार यूवाहरु सदस्य रहेको संस्थाबाट दुई हजार बढी यूवाले प्रतिनिधिको रुपमा सहभागिता जनाउँदै छन् । त्यहि महाधिवेशनको हलबाट निर्वाचित हुने आशासहित विराटनगर जेसीजको पूर्व अध्यक्षसमेत भइसकेका श्यामसुन्दर पौडेल (मिलन) ले जेसीजको राष्ट्रिय उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन्  । सामाजिक क्षेत्रमा क्रियाशिलसँगै युवाबीच लोकप्रिय मानिन्छन् पौडेल । जेसिजमा १७ पदमध्ये १२ पद उपाध्यक्ष रहने व्यवस्था भए अनुसार पौडेलको एक उपाध्यक्ष पदमा आफ्नो उमेदवार दर्ता गराएका छन् । प्रस्तुत छ पौडेसँगब्लाष्टलेगरेको कुराकानी सम्पादी अंश : तपाई यस अघि नै विराटनर जेसीजको विभिन्न पदमा रहेर काम गरिसक्नुभएको छ । त्यस अवधिमा के–के कामहरु गर्नुभयो ? – यस अवधिमा थुप्रै कामहरु भएका छन् । विराटनगर जेसीजको अध्यक्ष रहदा युवाहरुको क्षमता अभिवृदी गर्ने देखि विभिन्न जनचेतामुलक कार्यक्रम भएका छन् । जेसिजको नेतृत्वका हैसियतले भूकम्पपीडितको सहयोगका लागि राहत सामाग्रीसहित, स्वास्थ्य शिविर र आवास निर्माणमा चारदिनसम्म सिन्धुपाल्चोकमा र पछिल्लो समय बाढी पीडितको लागि विभिन्न सहयोग जुटाउने देखि उपलब्ध गराउने भूमिकामा निभार्ह गरेको छु । जेसीजको राष्ट्रिय उपाध्यक्षमा तपाईको उम्मेदवारी किन ?

–यूवाबीच म लोकप्रिय नै छु । जेसिजमा मैले दिइएको उपाध्यक्षको उमेद्वारी यूवाहरुकै हितमा प्रयोग गर्ने शर्तमा दिइएको हो । सामाजिक सेवासहित युवा पुस्तालाई सकारात्मक सोचका साथ नेतृत्वमा अगाडी बढाउने योजनामा रहेकोे छ । जेसिज यात्रा ८ वर्षको भयो । यस अवधिमा नेदरल्याण्डमा भएको अन्तराष्ट्रिय कन्फरेन्स, एसिया प्यासिफिक कन्फरेन्समा सहभागितादेखि हालसम्म १९ वटा राष्ट्रको भ्रमण गरिसकेको अनुभव लिएको छु ।जेसीजको अन्तराष्ट्रिय स्तरमा हुने ट्रेनिङमा सहभागि हुने अवसर प्राप्त गरेको छु । विभिन्न अन्तराष्ट्रिय देशमा भ्रमण गर्दा र टेनिङ्गमा सिकेको ज्ञानहरु जेसीजको शाखा–शाखामा दिनेछु । नेपाल जेसीजका यूवाहरुलाई सकारत्माक सोच र  सकारत्मक बाटोमा उभ्याउन देखी यस्तो खालको युवालाई समृद्धि बनाउनको लागि मैले जेसीजको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ । त्यसैगरी  १८ देखि ४० वर्ष उमेर समूहका युवाहरुलाई जहिले पनि सकात्मक रुपमा अगाडी बढाउन लागी पर्ने हो । समयसापेक्षा परीर्वतन गर्न मेरो मैले उम्मदवारी दिएको छुँ । तपाईलाई जेसीजका सदस्यहरुले किन भोट हाल्ने ?

–१८ देखि ४० वर्षका उमेर समूका युवाहरु अहिले खाडी मुलुकमा गएर श्रम गर्न बाध्य छन् । ती युवाहरुलाई देशमै सम्भावना रहेको सम्भावको क्षेत्रहरु पैल्याएर खाडी मुलुक जानबाट रोकी आफ्नै देशमा रोजगारीको सृजना गर्ने खालको अभियान छ । त्यसैगरी हाम्रो समाजमा धेरै युवाहरु कुलतमा फसेका छन् । उनीहरुमा एउटा सचेतनाको माध्यमबाट कुलतमा फसेकालाई सामाजिक कार्यमा ल्याउने अभियान सञ्चालन गर्नेछु । सम्पूर्ण जेसीज मित्रहरुलाई योग्य, क्षमतवान, व्यक्ति चन्नुहोला ।