सुलभ बुढाथोकी प्रमुख कार्यकारी अधिकृत

इटहरीबाट तीन किलो मिटर पूर्व पहिला मेडी स्कट हस्पिटल भएको भवनमा अहिले इटहरी इन्टरनेशनल कलेज सञ्चालनमा छ । प्राविधिक विषय सहित विश्व बजारको माग अनुसारका कोर्षहरु सञ्चालन गर्ने उदेश्यले सञ्चालनमा ल्याइएको इटहरी इन्टरनेशलन कलेज वेलायतको विश्व विद्यालयबाट सम्वन्धन प्राप्त कलेज हो । जहाँ पढेका विद्यार्थीले विश्व बजारमा आफ्नो क्षमता प्रस्तुत गरेर रोजगारी गर्न सक्ने छन् । सो कलेजका सेवा सुविधाका बारेमा कलेजका प्रमुख कार्यकारी अधिकृत सुभल बुढाथोकीसँग ब्लाष्टका लागि बाबुराम सुवेदीले गरेको कुराकानीको सम्पादीत अंशः–

इटहरी इन्टरनेशलन कलेज किन स्थापना गर्नु भयो ? – पहिलो कुरा त यस क्षेत्रका विद्यार्थीलाई राम्रो कोर्ष गर्नका लागि काठमाडौं लगायत विश्वका विभिन्न क्षेत्रमा ठूलो धनराशी खर्च गरेर जानु पर्ने बाध्यता थियो । ती विद्यार्थी र अभिभावकको सहजताको लागि पनि हामीले इटहरी इन्टरनेशलन कलेज सञ्चालनमा ल्याएका हौं । यहाँ विश्व बजारमा माग भएका बीबीए र आइटी सम्वन्धी कोर्ष गराउने गरेका छौं ।

तपाईहरुको समुहले शिक्षा क्षेत्रमा कहाँ कहाँ काम गर्दै हुनुहुन्छ ? – नेपालमा हामीले पाँच स्थानमा अन्तराष्ट्रिय स्तरका कलेज सञ्चालनमा ल्याएका छौं । पोखरा, विराटनगर, काठमाडौं पछि इटहरी इन्टरनेशलन कलेज सञ्चालनमा ल्याएका छौं । हाम्रो ओर्डलिक कम्पनी मार्फत नेपालमा पाँच वटा कलेज सञ्चानमा छन् । विराटनगरमा मेलिल्याण्ड कलेज सञ्चालनमा छ भने पोखरा र काठमाडौंमा पनि लामो समयदेखि शिक्षा क्षेत्रका काम गरीरहेका छौं । त्यसो त आफैं पनि आइटी सम्वन्धी कोर्ष गरेको विद्यार्थी हुँ । त्यसका साथै मैले कलेज सञ्चालन गर्दै आएको १४ वर्षको अनुभवले पनि यस क्षेत्रको आवश्यक्तालाई महसुस गरी यहाँ विश्व बजारमामा सर्टिफिकेट विक्ने कलेज सञ्चालनमा ल्याएका हौं । मैले विजनेश म्यानेजमेन्ट र आइटी सम्वन्धी कोर्ष गरेको छु । नेपालको ठूला ठूला कम्पनीमा आइटी सम्वन्धी काम गरेको अनुभवले पनि काम गर्न उत्साह थपेको छ ।

इटहरी इन्टरनेशनल कलेजमा मा के के विषयको पढाई हुन्छ ? – हामीले अहिले जेनेरल एजुकेशन अन्तरगत चार वर्षे वीवीए कोर्ष सञ्चालनमा ल्याएका छौं । र प्राविधिक तर्फ आइटी तीन वर्षे कोर्ष पनि सञ्चालनमा ल्याएका छौं । वेलायतको लण्डन मेट्रोपोलीटेन विश्व विद्यालयको सिधा सम्वन्धनमा सञ्चालित एक मात्र कलेज हो । यहाँ पढेका विद्यार्थी र लण्डनमा परेका विद्यार्थीहरुले एउटै कोर्ष गर्ने हुन् । यहाँ नै त्यो कोर्ष गरेर नेपाली विद्यार्थीहरुले उल्लेख्य प्रगति हासिल गर्न सक्छन् भन्ने उदेश्यले हामीले इटहरी इन्टरनेशलन कलेज सञ्चालनमा ल्याएका हौं । यहाँ पढ्दै गरेको विद्यार्थी लण्डनस्थित हाम्रो विश्व विद्यालयमा पुग्यो भने त्यहाँ अन्य विद्यार्थीले पाउने सबै सुविधा प्राप्त गर्नेछन् ।

यहाँ पढे पछि रोजगारीको व्यवस्था कसरी प्राप्त हुन्छ ? – यहाँ सञ्चालित कोर्षहरु सके पछि वेरोजगारी बस्नु पर्दैैन । यहाँ पढेर पास गरे पछि विद्यार्थीहकरुले पाउने सर्टिफिकेट लण्डन युनिभर्सीटीबाटै प्राप्त हुने हो । विश्व बजारमा यहाँ पढेका विद्यार्थीले रोजगार पाउन सक्छन् । लण्डनमा गएर यो कोर्ष गर्दा ८० देखि ९० लाख रुपैयाँ भन्दा बढी खर्च हुने गर्दछ । त्यही कोर्ष हाम्रोमा गर्दा ६ साडे छ लाख रुपैयाँमा कोर्ष सम्पन्न हुनेछ । जसको कारण विद्यार्थीहरुको आकर्षण बढ्दो रहेको छ । अहिलेको समयमा पढ्नु भनेको सर्टिफीकेट लिनु मात्रै होइन । विश्व बजारमा डिमाण्ड के छ ? के को माग भइरहेको छ ? त्यस विषयमा केन्द्रीत रहेर कोर्ष गराउन जरुरी छ । पाएको सर्टिफिकेट संसार भरी विक्न सक्छ । यहाँ पढेर पाएको सर्टिफिकेटले कुनै पनि देशमा काम गर्दा समस्या हुने छैन ।

व्यवस्थापनको बारेमा जानकारी दिनु होस् न ? – हामीले यहाँ कक्षा सञ्चालन गर्दै गर्दा विद्यार्थीहरुलाई पढ्ने वातवरण हुने खालको भौतिक पूर्वाधार तयार गरेका छौं । अन्तराष्ट्रिय स्तरको मापदण्डमा लेक्चरल हलदेखि पुस्तकालय, विद्युतीय पुस्तकालयका साथै शान्त वातावरणमा अध्यापन गराउने व्यवस्था मिलाएका छौै । त्यस कारण र विद्यार्थी तथा अभिभावकको विश्व बजारमा जान सक्ने मापदण्डको पढाईका कारण पनि विद्यार्थी तथा अभिभावकको यस कलेज प्रति चासो बढेर गएको छ ।