एजेन्सी/ हलिउडमा प्रवेश गरे लगत्तै बलिउड अभिनेत्री प्रियाङका चोपडाले आफ्ना केही नजिकका मित्र बनाएकी छिन् । हलिउडको प्रतिष्ठित टेलिभिजन सो क्वान्टिकोकी अभिनेत्री प्रियाङकाको बेलायती राजपरिवारसँग पनि राम्रो मित्रता रहेको पुष्टि भएको छ ।

हलिउडमा भएका प्रियाङकाका केही नजिकका मित्रमध्ये बेलायती राजकुमार ह्यारीकी प्रेमीका मेघन मार्कल पनि एक हुन् । यी दुई अभिनेत्री बेला बेलामासँगै रहेको र घुम्न गएका तस्बिरहरुले प्रियाङकाको बेलायती राजपरिवारसँग राम्रो मित्रता भएको भारतीय मिडियाले अनुमान लगाएको हो । मेरिकन नाटक सुट्समा रेचल जनको भूमिकाबाट चर्चामा आएकी मेघन मार्कल प्रिन्स ह्यारीकी प्रेमीका हुन् । जुन कुरा ह्यारीले पुष्टि गरिसकेका छन् ।