देव कुमार श्रेष्ठको निर्देशन रहेको फिल्म ‘नेप्टे’को गीत सार्वजनिक भएको छ । माघे सङ्क्रान्तिको अवसर पारेर सोमबार राजधानीमा एक कार्यक्रमका बीच लोक लयको ‘सुपारी काँचो’ बोलको गीत सार्वजनिक गरियो ।

गीतमा ओम सुनार र सावित्री जोशीको स्वर, गायक सुनारकै संगीत र भानुभक्त ढकालको शब्द सृजना रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा छुल्ठिम गुरुङ, रोहित रुम्बा, वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङ लगायतका कलाकारहरु प्रस्तुत छन् । किरण माइकलको पटकथा एंव संवाद रहेको फिल्ममा रोहित आँफैले कथा लेखेका छन् ।

कलाकार रोहित रुम्बाको निर्माण रहेको ‘नेप्टे’ का लिड नायक दयाहाङ राई हुन् । हरी घले लामाको छायांकन रहेको यो फिल्मलाई चैत ३० गतेबाट प्रदर्शनमा ल्याइँदैछ ।

[embed]https://youtu.be/x3qmfIKv7zk[/embed]