प्रतिक्षित मानिएको चलचित्र ‘लिलिबिली’ को पहिलो गीत सार्बजनिक भएको छ । सार्बजनिकको २४ घण्टा नबित्दै भिडियोले निकै सकारात्मक प्रतिक्रिया बटुलेको छ । हामिले यो समाचार तयार पार्दासम्म भिडियोलाई २ लाख ७५ हजार बढी पटक हेरिसकिएको छ ।

सार्बजनिक भिडियोमा नायक प्रदिप खड्का र नव नायिका जसिता गुरुङ फिचर छन् । उक्त भिडियो नेपालमा सर्बाधिक हेराई संगै युट्युब नेपाल ट्रेन्डिङको पाँचौ स्थानमा आईपुगेको छ । भिडियोले ट्रेन्डिङको अग्र स्थान ओगट्ने क्रम निरन्तर बढिरहेको छ । प्रताप दास र मेलिना राईको आवाज रहेको गीतमा एलिश राईले संगीत भरेका छन् भने शब्द राजेश कुमार श्रेष्ठको हो ।

चलचित्र लिलिबिलीलाई गोबिन्द शाही र सुदिप खड्का ले संयुक्त निर्माण गरेका हुन् । मिलन चाम्सले निर्देशन गरेको फिल्ममा प्रदीप र जशिताको अलावा प्रीयंका कार्की, सबिन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतको अभिनय रहेको छ । फिल्म २०७५ को बैशाख १४ गतेबाट सार्बजनिक प्रदर्शनमा आउदैछ ।

[embed]https://youtu.be/BHPbGIU2W2Y[/embed]