लास्कार जह । अफगानिस्तानको हेल्मन्ड प्रान्तमा आफ्नै सहकर्मीको आक्रमणमा परी नौ जना प्रहरीको बिहीबार मृत्यु भएको छ । “प्रहरीको पोशाकमा रहेका एक जना व्यक्तिले प्रहरी अधिकारीहरुलाई गोली प्रहार गरेका हुन्,” एक जना स्थानीय सरकारी अधिकारीले भने । उनले थपे, “आज बिहान हेल्मन्ड प्रान्तको राजधानी लास्कार गाह नजिकै रहेको प्रहरी चौकीमा घटना भएको हो, घटना लगत्तै नौ जनाको घटनास्थलमै मृत्यु भएको छ ।” हेल्मन्ड प्रान्तीय सरकारका प्रवक्ता ओमार जावाकले घटनाका बारेमा थाहा पाउने वित्तिकै दोषीको खोजी गर्नुका साथै घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।