पहिलो वर्षको कार्यकालमा डोनल्ड ट्रम्पले आफ्नो पदीय हैसियत अनुसार आफूलाई बदल्नुभन्दा बढी आफू अनुसार अमेरिकी राष्ट्रपति पदलाई परिवर्तन गरिदिएका छन्।

सामाजिक सञ्जाल ट्विटर अमेरिकी जनतासँग संवाद गर्ने उनको सबैभन्दा प्रिय माध्यम बनेको छ। उनले अपमानजनक र रूखो भाषाको प्रयोग र केटाकेटीको जस्तो उपनाम दिने आफ्ना कामलाई निरन्तरता दिएका छन्।

आफू अब्राहम लिङ्कन जस्तै राष्ट्रपति बन्ने भनेर धाक लगाए पनि उनले ह्वाइट हाउसका वर्षौँदेखिका व्यवहारका मान्यताहरूलाई भङ्ग गरिदिएका छन्।

उपलब्धि तर उनी त्यसै गरेर अमेरिकालाई पुन : महान् बनाउनु आफ्ना अधिकांश समर्थकहरूले आफूलाई राष्ट्रपति पदमा जिताएर वाशिङटन पठाएको विश्वास गर्छन्। अर्बपति राष्ट्रपतिको रुपमा ट्रम्पले सत्ता सम्हाल्न शुरू गर्दा अमेरिकी अर्थतन्त्र पुनरूत्थान हुँदै थियो।

तर पछिल्लो एक वर्षमा सट्टाबजार कीर्तिमानी उचाइमा पुगेको छ र बेरोजगारी दर १७ वर्षयताकै न्यून भएको छ।

उनको प्रमुख व्यवस्थापकीय उपलब्धि भनेको रेगनकालयताकै सबैभन्दा ठूलो कर प्रणालीमा ल्याएको परिमार्जन हो। तर चुनावी अभियानका क्रममा आफूले गरेको आफ्ना पूर्ववर्तीले ल्याएको स्वास्थ्य बिमासम्बन्धी ओबामा केयर कार्यक्रम रद्द गर्न उनी विफल भएका छन्। संसदको दुवै सदनमा रिपब्लिकनहरूको बहुमत रहे पनि त्यससम्बन्धी कानून खारेज गर्ने उनको प्रयास विफल हुँदै आएको छ।

अवरोध अमेरिकी अदालतहरूले पनि उनका कतिपय कामकारबाहीलाई नियन्त्रण गरेका छन्।

विशेषगरी मुसलमान बहुल देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने उनको निर्णयले त्यस्तो अवरोध सामना गरेको छ।

र, आफ्नो सन् २०१६ को चुनावी अभियानसँग रुसी साठगाँठ रहेको भन्ने आरोपबारे छानबिन गरिरहेको रोबर्ट मलर नेतृत्वको विशेष जाँच संयन्त्रको जारी अनुसन्धानले ट्रम्पलाई बेला बेलामा झोक चालउने र आक्रोशित बनाउने गरेको छ।

विदेश मामिलामा ुअमेरिका पहिलेु भन्ने ट्रम्पको नारा अधिकांश अवस्थामा ुअमेरिका एक्लोु जस्तो साबित भएको छ।

जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौताबाट अलग हुने निर्णय अमेरिकाले लिएपछि अन्य देशहरूले त्यसलाई अघि बढाउने धृष्टता प्रकट गरेका छन्।

एक्लै ट्रम्प मेतस्वीर कपीराइटएब् राष्ट्रपति ट्रम्पले ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेजस्ती आफ्ना निकट साझेदारलाई सार्वजनिक रुपमै अपमान गरेका छन्।

ट्रम्पले आफूले बाँकी विश्व संयुक्त राज्य अमेरिकाबाट अझ डराउने र उनीहरुले आफ्नो मुलुकलाई थप सम्मान गर्ने बनाएको दावी गर्न सक्छन्।

उनले मेक्सिकोसँगको सीमाक्षेत्रमा पर्खाल लगाउन आफू प्रतिबद्ध रहेको दोहोर्‍याउने गरेका छन्।

तर आलोचकहरू ठान्छन्, ट्रम्पको नेतृत्वमा अमेरिका उज्यालोभन्दा अँध्यारो देखिन थालेको छ।

उनीहरूका भनाइमा अहिलेसम्म राष्ट्रपतिको यस्तो शासनकाल विगतमा कहिल्यै देखिएको थिएन।