विराटनगर / प्रदेश नं १ का ९२ सांसदहरुको सपथ ग्रहण सम्पन्न भएको छ ।

प्रदेश प्रमुख गोविन्द सुब्बाले उनीहरुलाई सपथ गराएका हुन् । विराटनगरमा भएको सपथ ग्रहणमा प्रदेश १ बाट प्रत्यक्ष तर्फ निर्वाचित ५६ जना र समानुपातिक तर्फ निर्वाचित ३६ जना गरी जम्मा ९२ जनालाई सपथ ग्रहण गराइएको छ ।