धरान ।  प्रदेश सांसदहरुको शपथलगत्तै प्रदेशसभाको पहिलो बैठकका लागि सातवटै प्रदेशमा तयारी सुरु भएको छ । निर्वाचन परिणाम घोषणा भएको २० दिनभित्र पहिलो बैठक डाकिसक्नुपर्ने संवैधानिक व्यवस्थाका कारण सबै प्रदेशमा बैठकका लागि तयारी सुरु भएको हो ।

प्रदेश १ र २ को पहिलो बैठक २१ माघका लागि तय भएको छ भने प्रदेश ३ को प्रदशेसभाको पहिलो बैठक बस्ने मिति अझैसम्म तय भइसकेको छैन । प्रदेश ४, ५ र ६ मा पनि कहिले पहिलो बैठक बस्ने भन्ने अन्योल छ ।