स्पेनीस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित हात पारेको छ । आइतबार राती भएकोे खेलमा रियल मड्रिडले डिपोर्टिभो ला कोरुनालाई ७–१ ले हराएको हो ।

रियल मड्रिडको जितमा क्रिष्टियानो रोनाल्डो, नाचो र ग्यारेथ बेलले २–२ तथा लुका मोड्रिचले १ गोल गरे । खेलमा अग्रता भने डिपोर्टिभो लाकुरानाले लिएको थियो । तर जोगाउन नसकदा पराजित हुनुपर्यो २३ औं मिनेटमा डिपोर्टिभोले गोल गर्दै अग्रता लिए पनि पहिलो हाफ सकिंदासम्म रियलले खेल २–१ को अवस्थामा पुर्याएको थियो ।

रियलले दोश्रो हाफमा ५ गोल थप्दै ७–१ को फराकिलो जीत हात पार्‍यो । जीतसँगै रियल मड्रिड अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ तर शिर्षस्थानको बार्सिलोना भन्दा अझै १९ अंकले पछि छ ।