सामान्यता सन्तान जन्माउनका लागि पुरुष र महिलाले यौनसम्पर्क राख्ने गर्छन् ।त्यसबाहेक आजकलका केटाकेटीले विहे नगरेरै यौनसम्पर्क गर्ने गरेका छन् । तर, भर्खरै पत्ता लागेको एक खतरनाक रोगको मुख्य कारण यौनसम्पर्क नै भेटिएको छ ।

यो रोगको भाइरस शरीरमा प्रवेश गरे जीवनभर बच्चा नहुने र भइहाले पनि तुरुन्तै मृत्यु हुने देखिएको छ । यसको नाम हो जिका भाइरस । यसलाई सुरुमा लामखुट्टेको टोकाइबाट सर्ने भनिएपनि लामो समयसम्म गरिएको अध्ययनबाट यौनसम्पर्कबाट तुरुन्तै सरेको पाइएको हो ।

अमेरिकाको टेक्सस राज्यका स्वास्थ्य अधिकारीहरुले मंगलबार एकजना महिला बिरामीमा सम्भोगका कारण जिका भाइरस सरेको देखिएको बताएका छन् । डलास काउन्टी हेल्थ एण्ड ह्युमन सर्भिस डिर्पाटमेन्टका अनुसार भेनुजुयलाबाट आएका एक पुरुषसँग यौनसम्पर्क राखेपछि ती बिरामीमा जिका भाइरस सरेको देखिएको हो ।

सम्भोगका कारण पनि जिका भाइरस सरेको भेटिएपछि यसले रोग नियन्त्रणमा थप जटिलता थपेको चिकित्सकहरुले बताएका छन् । डाक्टर विलियम स्याटनरले भने– ‘यसले जिका रोकथाममा नयाँ कुरा बाहिर ल्याइदिएको छ ।’ सम्भोगबाट पनि जिका भाइरस सरेको भेटिएपछि स्वास्थ्य अधिकारीहरुले लामखुट्टेबाट बच्नुका साथै सुरक्षित यौनसम्पर्क गर्न मानिसहरुलाई सुझाव दिएका छन् ।

उनीहरुले गर्भवती महिलालाई पुरुष शुक्राणुको सम्पर्कमा नआउन पनि सुझाव दिएका छन् । अघिल्लो हप्ता बेलायतका अधिकारीहरुले जिका फैलिरहेका देशबाट फर्केका पुरुषले शारीरिक सम्पर्कका बेला अनिवार्य रुपमा कन्डम प्रयोग गर्न सुझाव दिएका थिए । अमेरिकाको रेडक्रसले जिका फैलिरहेका देशबाट फर्केका मानिसलाई २८ दिनसम्म रक्तदान नगर्न भनेको छ ।

यो रोग लागेमा ज्वरो आउने लगायतका लक्षण देखिन्छन् । क्यारेबियन र ल्याटिनी अमेरिकी देशमा जिकाको संक्रमण बढीरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो रोगको भाइरस तीव्र रुपमा विश्वभर फैलिएपछि धेरै देशमा उच्च सतर्कता अपनाइएको छ । साथै दम्पत्तिहरुमा त्रास पनि बढेको छ ।

कण्डमको बेफाइदा

कण्डमको प्रयोगको फाइदाको बारेमा त प्राय सबैलाई थाहा होला तर कण्डमको केही यस्तो साइड इफेक्ट्स पनि छ जसको तपाई अनुमान समेत गर्न सक्नुहुनेछैन ।

कण्डमले मात्र तपाईको यौन जीवनसँग मात्र प्रभावित गर्दैन कि तपाईको यौन सम्बन्धी रोगको शिकार हुनबाट समेत बचाउँछ । कण्डमको प्रयोगले धेरै फाइदा दिए पनि केहि यसका बेफाइदाहरु छन् । जुन निम्नानुसार छन् :

१. दुखाइ एवं एलर्जी यस्तो देखिएको छ कि लगातार अर्थात हप्तामा दुई भन्दा बढी कण्डमको प्रयोग गर्दा योनिको आन्तरिक भाग र झिल्लीमा संवेदनशीलता काम समाप्त हुन्छ ।

जसको कारण स्त्रिहरुको योनिबाट स्खलित हुनेखालको प्राकृतिक लुब्रिकेट (चिप्लो)पदार्थे स्खलन हुन कम हुन्छ या पूर्णरुपले बन्द पनि हुन सक्छ ।

जस कारण योनिमा सुख्खापन आउँछ । त्यसकारण कण्डमको धेरै प्रयोग गर्ने महिलाहरुको योनि स्पर्श गर्दा दुखाइ महशुस हुने हुन्छ । यस्तो अवस्थामा यौन सम्बन्धका क्रममा महिलालाई असहनीय पिडा हुन सक्छ ।

२. योनि गर्भासय घाउ हुने कण्डमको अधिक प्रयोगले योनि गर्भासयमा घाउ हुनुको साथै दर्दनाक पिडा समेत हुन्छ । जसका कारण योनि सुनिने हुन्छ । यस्तो अवस्थामा यौन सम्बन्ध बनाउँदा योनीको आन्तरिक भाग समेतलाई असर गर्न सक्दछ ।

भने योनिमा फेरी घाउ भइ रक्तस्त्राव पनि हुन थाल्दछ । जुन महिलाहरु मासिक चक्र बाहिर भएको महिनावारी सोची वास्ता नगर्दा पछि गर्भाशय मा समेत संक्रमण फैलिन सक्ने हुँदा पछि यसले गर्भासयको क्यान्सर समेत हुन सक्छ ।

३. योनिको प्रतिरक्षा प्रणालीलाई नोक्सान प्रकृति हामीलाई आफ्नो प्रतिरक्षा शक्ति जन्मजात नै प्रदान गरेको हुन्छ । यदि हप्तामा दुई पटक भन्दा बढी कण्डमको प्रयोग गर्दा कण्डमले योनिको प्रतिरक्षा प्रणालीलाई नोक्सान गर्ने हुन्छ । यसको प्रयोगले योनिको अम्लीय वातावरणमा उथपपुथल बनाउँदछ।