वीरगन्ज/ प्रहरीको कुटाइबाट वीरगन्जका एक दलीत किशाेरीको आँखा गुमेको छ ।

बिरगंज महानगरपालिका वार्ड नम्बर १६ नगवा स्थित भुटनदेबिमाइ मन्दिरका पुजारी भूषण पासवान दासको १५ बर्षिय छोरी मुनि पासवान दासको प्रहरीले नै एउटा आँखा फुटाएको छ ।

बिहान ११ बजे इलाका प्रहरी कार्यालय नगवाका प्रहरी जवान दिपेन्द्र झाको कुटाइ बाट आफ्नो आँखा गुमेको पिडित पासवानको आरोप छ ।

प्रहरीले चलाएको लठ्ठी लागि बायाँ आँखामा गम्भीर चोट लागि फुटेको उनको पिता भुषणले बताए ।

प्रहरी जवान झाले लठ्ठी प्रहार गरे लगतै गम्भीर घाइते भएकी मुनीलाई अस्पताल पुर्‍याउनुको साटो घटना स्थलबाट फरार भएका छ्न ।

उनका पिता भुषणले घाइते छोरीलाइ उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्‍याए पनि अवस्था गम्भीर रहेकोले उनलाइ परवानीपुर स्थित केडिया आँखा अस्पतालमा पुर्‍याइएको छ ।

घटनाको छानविनको गर्नुपर्नेमा घटनालाइ उच्च अधिकारीहरुबाट नै दवाउने गुनासो पिडितको पिता भुषणले बताए ।

उनले घटना पछि प्रहरी जवान झा बारे डिएसपि राजन लिम्बूलाइ जानकारी गराइ सकेको बताए ।

आर्थिक अवस्था धेरै दैनिय भएकोले ५ जना छोरीको जिविको पार्जन गर्नमै अफ्ठयारो हुने गरेकोले उपचारमा धेरै कठिनाइ भएको बताए  ।

पासवानले फागुन महिनामा छोरीको बिहेको लागि आफन्त कहाँ कुराकानी चलाइ रहेको थिएँ, छोरी गाई गोठ नजिकै काम गरी रहेको अवस्थामा प्रहरीले चलाएको लठ्ठी लागि मेरो छोरीको भबिष्य नै अन्धकारमय प्रहरीले बनायो’ ,उनले गुनासो व्यक्त गरे ।