धनकुटा/ प्रादेशिक राजधानीको माग राखि चलेको आन्दोलन उग्र बनेपछि गत बिहिबार ११ं३० वजे देखि धनकुटामा स्थानिय प्रशासनले सदरमुकाम धनकुटा बजारमा लगाएको निषेधाज्ञा सोमवार दिउँसो ३ बजेबाट हटाएको छ ।

आन्दोलनकारीका बिरोधका कार्यक्रम केहि शान्त बन्दै गएकाले सोमवार अपराह्न्न तीन बजेदिख मंगलवार (आज) बिहान सात बजेसम्मका लागि निषेधाज्ञा हटाइएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिएका छन् । आन्दोलनकारीका गतिविधि हेरर प्रशासनले थप निर्णय लिने उहाँको भनाई छ । निषेधाज्ञा हटाइएपनि आन्दोलकारीहरुको आमहड्ताल भने कायमै छ ।

प्रादेशिक राजधानीको माग गर्दै ३८ दिन देखि आन्दोलन चलिरहे पनि स्थानीय प्रशासन र आन्दोलनकारीबीच जारि तनाव अन्त्य गर्ने बिषयमा फलदायी संवाद हुन सकेको छैन । आन्दोलनले निर्णयक मोड नलिएसम्म आन्दोलनका कार्यक्रमहरु जारी रहने उनीहरुले दावी गरिरहेका छन् ।