विराटनगर / मोरङ कारागार विराटनगरमा सरोकारवालाहरुले अनुगमन तथा निरीक्षण गरेका छन् । विभिन्न अपराध गरी सजाय काटीरहेका कैदीबन्दीहरु बसोबास गर्ने भवन तथा उनीहरुको अवस्था बुझन सरोकारवालहरुले सोमबार अनुगमन तथा निरीक्षण हुन् ।

निरीकक्षणपछि आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा एमाले नेता लालबावु पण्डितले अपराध हेरेर खुल्ला जेलको अवधारण ल्याउनुपर्ने बताए । ‘कारागार एउटा सुधार गृह हो,’ पण्डितले भने, ‘जघन्य अपराध बाहेक अन्य सजाएमा आएका बन्दीलाई पारीवारसँग जोडेर राख्न मिल्ने वातवरण सृजना गर्नुपर्दछ ।

जसले गर्दा कैदीबन्दीमा एक प्रकारको डिप्रेसन हटछ ।’ ठूला अपराधीलाई बेलैमा दण्डीत गर्न सके अपराधमा कमी आउने उनले बताए । धेरै पहिलेदेखी नै बन्दीलाई सेवा सुविधा अहिले पनि त्यही अवस्थामा रहेकोले सरकारले बन्दीले पाउने सुविधा बढाउनुपर्नेमा पण्डितले जोड दिए । ‘हिमाल, पहाड र तराइका जेलमा रहेका बन्दीले पाउने सिधा एउटै छ,’ पण्डितले भने, ‘भुगोल अनुसारको मङ्गी हेरेर सरकारले सेवा सुविधा बढाउनुपर्दछ ।’

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मोरङ कारागारमा पहिले भन्दा धेरै परिर्वतन आएको बताए । उनले बन्दीहरुले दैनिक रुपमा पाउने सिधा बढाउने विषयमा मन्त्रालयसम्म जानकारी गइसकेको बताए । चाँडै पास हुने र बन्दीले पाउने सिधा बढनसक्ने उनले बताए । मोरङ कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी रहेको भन्दै उनले निकट भविष्यमा थप संरचनाहरु विस्तार हुँदै जाने बताए । उनले बन्दीहरुलाई रचनात्मक क्रियाकपाहरु गर्न जोड दिए ।

कार्यक्रममा जेलर प्रेमप्रसाद सापकोटा र चौकीदार अभिषेक गिरीले बोलेका थिए ।

७ सय ४३ कैदीबन्दी रहेको उक्त कारागारमा ६ सय ६६ पुरुष बन्दी छन् । उनीहरमध्ये ४ सय ५० जना जेलभित्रै पौरख गर्दै आएको चौकीदार गिरीले जानकारी दिए । उनका अनुसार बन्दीहरुले बा“सको मुढा, ढाकाको टोपी र फर्निचरको सामग्री उत्पादनसम्म गर्छन् । उनीहरु पत्रपत्रिका एवं पुस्तक पढ्ने, कपडा सिलाइ–बुनाइ गर्ने, लेख्ने र योगागर्ने जस्ता रचनात्मक काम गरेर समय बिताउँछन् ।

सोही अवसरमा जेल भित्र भएको विभिन्न खेलकुदमा विजयी हुने बन्दीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । क्यारेमबोर्ड प्रतियोतियोगितामा सन्तोष लिम्बु प्रथम र द्धितीय अशोक राई भएका थिए । त्यस्तै टेवलटेनिसमा जयकृष्ण राय प्रथम र उत्तम तामाङ्ग द्धितीय भएका थिए । भलिबलतर्फ लोकेन्द्र परियार, मस्ताव वर्मन, रविन राई लोकन्द्र साँवा र सविन राईको समूह प्रथम भएको थियो भने द्धितीय कैलाश पोखरेल, सरुन मगर, खेम गुरुङ, एलयक्स नेपाली भएका थिए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथिी पण्डित, चौकीदार गिरीले प्रमाणपत्र वितरण गरेका थिए ।