बाहुबली २ को सफलतापछि यसका मुख्य नायक प्रभास र नायिका अनुष्का सेट्ठीको पर्दा बाहिर र पर्दा भित्रको रोमान्सका विषयमा धेरै गसिप लेखिए ।केही मिडियाले उनीहरू गहिरो प्रेममा रहेको र केही समयमै इंगेज्मेन्ट गर्ने तयारीमा रहेको खबरसमेत प्रकाशन गरे । यद्यपी अहिलेसम्म उनीहरुले आफ्नो सम्बन्धबारे मुख खोलेका थिएनन् तर हालै आएर अनुस्काले आफू र प्रभासबीचको खास सम्बन्धको खुलासा गरेकी छिन् ।

उनले हालै दिएको एउटा अन्तर्वार्तामा आफू र प्रभास प्रेममा नरहेको दाबी गरेकी छिन् । ‘म र प्रभासबीच विशुद्ध साथीको सम्बन्ध छ । त्योभन्दा अरु केही पनि छैन,’ उनले भनेकी छिन्,‘उनी र म बिहे गर्ने खबर सरासर झुटो र निराधार हो । जब म बिहे गर्छु, सबैलाई खबर गर्नेछु । मेरो परिवारले खोजेको केटासँग नै म बिहे गर्नेछु ।’

अनुस्काले मिडियाले कुरा नबुझिकनै समाचार बनाउने गरेको आरोप लगाइन् । ‘म आफ्नो निजी जिन्दगी नितान्त निजी राख्न चाहन्छु,’ ‘तर, मिडियाले अनावश्यक खबर प्रकाशन गर्छन् । म कसैको प्रेममा छैन । म निजी जीवनका कुरा समाचारमा ल्याउनै चाहन्नँ ’उनले भनेकी छिन्।