‘ओशो दर्शन’का बिषयमा धेरै बहसहरु बजारमा छन् ।बजारमा हुने गरेका कतिपय चर्चाहरुलाई ओशोका अनुवाईहरुले ‘अनाबश्यक ब्याख्या’ भन्ने गरेका छन् । ओशोका अनुयायीहरुले भने ओशोलाई ‘आध्यात्मा र विज्ञान’लाई अनुभव गर्ने दर्शनको रुपमा ब्याख्या गर्छन । बहस,टिकाटिप्पणीका बाबजुतपनि नेपालमा ओशोका अनुवाईहरु दिनप्रतिदिन बढ्दै गएका छन् । ओशो आफैले धेरै पुस्तकहरु लेखेका छन् ,उनका अनुवाईहरुलेपनि पुस्तक निकालेका छन् तिनै पुस्तकलाई अनुवाद गरेरपनि ओशोका बारेमा बास्तविकता बुझाउन अनुवाईहरु लागि परेका छन् । अहिले ‘ओशो साहित्य’का झण्डै एक हजार पुस्तकहरु बजारमा छन् ।ओशोको दर्शन केहो र यसको जिबनसँग कस्तो सम्बन्ध छ भनेर बुझाउन चैत्र ८ गते देखि ‘ओशो जागरण अभियान सञ्चालन हुने भएको छ । यसै बिषयमा हामीले ओशो जागरण अभियानका पुर्वाञ्चल संयोजक अनिल नेपालसँग ब्लाष्टकर्मि योगेशबाबु काफ्ले ले कुराकानी गरेका छन् । अनिल नेपाल इन्जिनियर हुन् । विल्डिङ डिजायन अथोराईजका निर्देशक समेत रहेका नेपालको ओशोबाट दिक्षित नाम भने स्वामि योग नित्यानन्द हो ।उहाँ बिगत २१ बर्ष देखि ओशो जागरण अभियानमा सक्रिय हुनुहुन्छ ।उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश:

ओशो जागरण राष्ट्रिय अभियान कुन उदेश्यका लागि हुन लागेको हो ? नेपालमा बिगत ४० बर्ष देखि ओशो दर्शन प्रचारको कार्यहरु भई रहेको छ । पुर्व मेचि पश्चिम महाकालि सम्म एक सय भन्दा बढि आश्रम र सेन्टरहरुपनि खुलेका छन् झण्डै एक लाख भन्दा बढि सन्यासीहरु पनि छौ ।ति आश्रम तथा सेन्टरको निरिक्षण गर्दै ओशोका अनुवाई (सन्यासी)हरुसँगपनि भेटघाट गरेर ओशो दर्शनका बारेमा थप जानकारी दिने उदेश्यले यो अभियान सुरु गरिएको हो ।

यो अभियानको नेतृत्व कसले गरि रहनु भएको छ ? यो राष्ट्रिय अभियानको नेतृत्व स्वामि आनन्द अरुणले गर्दै हुनुहुन्छ । उहाँ ओशो तपोबन काठमाण्डौसँग आबद्ध हुनुहुन्छ भने उहाँले बिगत ४० बर्ष देखि नेपाल र बिदेशमा ओशो दर्शन र साहित्यका बारेमा अभियान चलाई रहनु भएको छ ।

यो अभियान धरानबाट नै सुरुवात हुने भएछ,धरान कसरी छनौटमा पर्यो ? धरान पुर्वी नेपालको सुन्दर शहर हो ।स्वामि आनन्द अरुणलाई मनपर्ने पुर्वको शहरपनि धरान हो ।धरानको हावा,पानी र प्राकृतीक सुन्दरताले नै अभियानलाई धरानबाट सुरुवात गर्न बाध्य बनायो ।यसका पछाडि हाम्रो अफिसीयल प्रयासहरुपनि छन् । अर्को महत्वपुर्ण कुरा के छ भने स्वामि आनन्द अरुण सात बर्षपछि धरान आउन लाग्नु भएको हो ।हामी अनुयायीहरुको लामो प्रयासपछि उहाँलाई पुर्वमा ल्याउन लागेका छन् यसलाईपनि हामीले अवसरको रुपमा लिएका छौं ।

यो अभियानलाई धरानले चै कसरी उपयोग गर्न सक्ला ? धरानको प्राकृतीक आर्कषण र यसको सुन्दर पक्षको बिषयमा मैले धेरै बोलिरहनु पर्दन किन भने धरानको सुन्दरताको ब्याख्या गर्न म त्यति सक्षम नहुँला । तर धरानको जनजीबनमा केही समस्याहरु देखिएका छन् जसलाई सुधार गर्नु पर्ने देखिन्छ । धरानमा केही समाजिक समस्याहरु देखिएका छन् जस्तै लागुऔषध दुर्बेशन,मानिसहरुमा तनाबका कारण हुने क्षति,रिस र आवेगबाट हुने क्षति र यौनका बिषयमा ब्यप्त भ्रमका कारण यदाकता हुने घटनाहरुले भबिष्यमा कुनै ठुलै समस्या पो आउलाकी भन्ने भयपनि छ ।हामीले यो अभियानबाट ती समस्याहरुलाई न्युनिकरण गर्ने प्रयास गर्ने छौ । अहिले भएका यी सबै समस्याहरु जिवन जिउने कला र तनाब ब्यबस्थापन गर्न नजानेकै कारण धेरै समस्याहरु आएका छन् हामीले युवाहरुलाई गतलबाटोमा जानबाट जोगाउन सामाजिक कार्यहरुमा अग्रसर गराउने कार्यमा उत्प्रेरित गराउन खोजेका छौ,धरानले यो पक्षमा यो अभियानलाई उपलब्धिको रुपमा लिन सक्छ ।

यो राष्ट्रिय अभियानको अभियान्ता स्वामि आनन्द अरुण चै खासमा को हुनुहुन्छ ? उहाँ पेसाले इन्जिनियर हुनुहुन्छ । तर आध्यात्मिक हिसाबले उहाँ विगत ४४ बर्षदेखि ओशो दर्शनका बारेमा अभियान सञ्चालन गरि रहनु भएको छ । उहाँले आफु ईन्जिनियरीङ पढ्दा नै पटनामा ओशोलाई भेट्नु भएको थियो । पछि सन् १९७४ उहाँले ओशोसँग दिक्षा लिएर आफ्नो इन्जिनियरिङ पेशा र आध्यात्मिक पेशालाई सँगसँगै लैजानु भयो । अहिलेपनि उहाँ विल्डीङ डिजाइन आथोरेटीका अध्यक्षपनि हुनुहुन्छ ।

बिगत ४४ बर्षदेखि स्वामि आनन्द अरुणले अभियानको नेतृत्व कसरी गरि रहनु भएको छ ? अहिले उहाँको हातबाट नै नेपाल र बिदेशका गरि झण्डै एकलाख अनुवाइहरु दिक्षित भएका छन् ।उहाँ अहिले बर्षमा २० वटा सम्म देशमा ओशो दर्शन र साहित्यका बारेमा प्रशिक्षण दिन जानु हुन्छ । उहाँले नेपाल र बिदेशमा अहिले ओशोको दर्शनलाई प्रचार गरि रहुन भएको छ । त्यसका साथमा योग,ध्यान र जिवन जिउने कलापनि उहाँले सिकाउदै हिड्नु भएको छ ।

आशो दर्शनमा प्राबिधिक बिधाका ब्यक्तिहरुको आर्कषण बढी छ की ? हो प्राबिधिक बिधाका ब्यक्तिहरुको आर्कषण ओशो दर्शनमा बढी छ । किनभने ओशोले आध्यात्मलाई बिज्ञानसँग जोड्नु भएको छ । ओशोले के भन्नु भएको छ भने जब मैले भनेको कुरा अनुभुत गर्न सकिदैन भने मान्नुपर्छ भन्ने छैन भन्नु भएको छ । अब बिज्ञान र आध्यत्मलाई फिल गर्न सक्नेहरुको आर्कषण स्वाभाबिकले बढ्ने भो । फेरी बिज्ञानलेपनि फिल गर्ने कुरानै सत्य हो भन्छनी त । ओशोको विधि पनि बैज्ञानिक छ भन्ने हाम्रो तर्क हो ।

ओशो दर्शन सँगै ओशो साहित्यपनि निकै चलेको छ ?कारण किन होला । ओशोको मुल चै साधना नै हो ।अहिले सम्मका जतिपनि बुद्ध पुरुषहरु छन् सबै साधनबाट सिद्ध हुनुभएको छ । कृष्ण,बुद्ध,जेसिस जस्ता बुद्ध पुरुषहरु जतिपनि छन् उनीहरुको बारेमा ओशोले बोल्नु भएको छ,उनीहरुलाई जिबन्त बनाउनु भएको छ । ओशोले अहिले सम्म लेख्नु भएका झण्डै सात सय वटा पुस्तकमा सबै धर्मका दर्शन र साधनलाई फिल गर्नेगरि ओशोले प्रस्तुत गर्नु भएको छ त्यस कारणपनि ओशो साहित्य चलेको हो ।ओशो साहित्यमा जायज तर्कहरु छन् जसले हामीलाइ फिलपनि गराउछ ।

ओशो दर्शनले मानुष्यलाई कसरी बाच्न सिकाउछ ? अहिले सम्म हामीले दुई बाटोबाट मानबहरुलाई बिभाजन गरेका थियौ । एउटा अध्यात्म अर्को विज्ञान । अब यसरी दुईवटा खण्डमा मानब जिबन चल्न सक्दैन भनेर ओशोले आध्यात्म र विज्ञानलाई एकैठाउमा मिलाईदिनु भयो । नेपाल ,भारत,बङगलादेश जस्ता देशहरु विज्ञानमा धेरैपछि परे यसका धेरै कारणहरु छन् ।उता युरोपतिर बिज्ञानले नयाँ नयाँ खोज गर्न थाल्यो र अर्को जिवनस्तरको विकास गर्दै गयो । यहाँ के देखियो त भन्दा एकथरी मानिस बिज्ञान कम र आध्यात्ममा बढी सक्रिय भए एकथरी मान्छे अध्यात्म कम बिज्ञानमा बढी सक्रिय भएर बाच्न थाले । धर्म र विज्ञान बिच असमनता भयो । अहिले पश्चिमा देशहरुमा स्लीपीङ ट्याबलेट नखाई मानिसहरुलाई निन्द्रा लाग्न छाडि सक्यो,उच्च रक्तचाप र डिप्रेसन उच्च रुपमा बढ्न थाल्यो यहाँ के भयो भने ध्यान को कमि भयो,मान्छेले आफुलाई नियन्त्रण नगरेर अरुबाटनै नियन्त्रीत हुन थाल्यो त्यस कारण अब बिज्ञान र धर्म सँगसँगै लैजानु पर्छ भन्ने मान्यता ओशोको छ । त्यसकारण अब कसरी जिउने त भन्दा पश्चिमाहरुले हामीबाट अध्यात्म सिक्नु प¥र्यो,हामीले उनीहरुबाट विज्ञान सिक्नु पर्यो । यसको संयोजनले मनुष्यलाई सन्तुष्ट रुपले बाच्न सिकाउछ । बाहिरको काममा हामी क्रियटिभ हुनु पर्यो हाम्रो जिबन सक्रिय हुनु पर्यो । भित्री मनको ध्यान चै बुद्धको जस्तो हुनु पर्यो ।

तपाईहरुले चलाई रहनु भएको जिबन जिउने कला र तनाब ब्यबस्थापन चै बिज्ञान र अध्यात्मा बिचको संयोजन हो ? हो । अब अब मानिस सुद्ध अध्यामिक र बिज्ञानमा मात्र बास्न सक्दैन । अहिले सम्म हामीलाई यी दुइवटाको जोर (संयोजन) चै कसैले सिकाएन । यो सिकाउने काम चै ओशोले मात्र गर्नु भएको छ ।मानिसहरु धेरै विज्ञानको संसारमा गए भनेपनि बिभिन्न समस्याहरु आउने भए,बढी ध्यानमात्र भयो भने भने एकान्त खोज्ने,एउटै कुरामा रमाउने हुन सक्छ त्यस कारण बिज्ञानलाई अध्यात्म र अध्यात्मलाई विज्ञानमा कसरी ल्याउने भन्ने हामी सकिाउछौ ।

ओशोलाई यौन गुरुको रुपमा धेरैले ब्याख्या गर्छन नी ?यो सत्य हो की भ्रम हो ? यो त सरासर भ्रम हो नी ।ओशोले ५० बर्ष पहिले नै भन्नु भएको थियो यौनको विषयमा प्रकृतिले जसरी दिएको छ त्यसरी प्रयोग गर्नु पर्छ । अर्कोकुरा अध्यात्ममा लागेको मान्छे यौनबाट मुक्त हुनुपर्छ भन्ने छैन । हामीले मान्ने कृष्णको कुरा गरौ,महादेबको कुरा गरौ,बुद्धकै कुरा गरौ सबैको बिबाह गरेका छन् सबैका सन्तान छन् । तर त्यसको प्रयोग चै गलत नहोस भन्न खोज्नु भएको हो । आज पश्चिमा देशमा मात्र हैन हामीहरुमाझ नै यौनका बिकृतीहरु देखिन थालेनी,ओशोले यसको सहित प्रयोग र ब्यबस्थापनका लागि भनेको कुरा मानेको भए आज यस्ता बिक्रीत त आउने नै थिएनन् नी । अहिले सन्यासीहरुले यौन सम्बन्ध राख्नु हुदैन,ब्रम्हचार्य साध्नु पर्छ भन्ने जुन भाव आयो नी हो त्यहीबाट यो विक्रीती सुरु भएको हो ।यौनलाई कुण्ठीत गरेपछि बिक्रिती त आउनेनै भयो नी । आज भारतका नाम चलेका सन्यासीहरुलाई हेरौ त सबै यौन काण्डमा तानिएका छन । ओशोले यस्तो बिक्रिती आउछ भनेर त पहिलेनै भन्नु भएको थियो नी । त्यस कारण यौन गुरुका रुपमा ओशोलाई हेर्नु र ब्याख्या गर्नु सान्धर्बिक हैन ।

ओशो जागरण अभियानका अरु आर्कषण के के छन् धरानमा ? धरानमा अभियानका नायक स्वामि आनन्द अरुण तिनदिन बस्नु हुने छ । त्यस क्रममा हामीले ओशोका सात सय र स्वामि आन्द अरुणका ७–८ओटा पुस्तक प्रर्दशनी गर्छौ । एक दिन धरानकै होटल इजि राइडर्समा जिबन जिउने कला र तनाब ब्यबस्थापनको कार्यक्रम छ भने अनुवायीहरुलाई दिक्षीत गर्नेपनि कार्यक्रम रहेको छ ।प्रबचन,भजन जस्ता कार्यक्रमहरु हुने छन् ।

ओशोको ध्यान केन्द्र र सेन्टरहरु कति छन् नेपालमा ? नेपालमा ८० वटा ध्यान केन्द्र र १५ वटा आश्रम छन् ।धरानमापनि हामीले ध्यान केन्द्र बनाएका छौ अब आश्रम बनाउने तयारीमा छौ । अन्त्यमा केही छुट्यो की ? यो अभियानमा सहभागिताकालागि म सबैलाई अनुरोध गर्छु । ओशो दर्शनका बारेमा सुनौ,फिल गर्न सक्यौ भने मनन गरौ फिल गर्न सकिएन भने मनन गर्नै पर्छ भन्ने बाध्यकारी छैन,त्यसैले अभियानमा सहभागिताकालागि म सबैलाई अनुरोध गर्छु ।