चक्रघट्टि । भरुवा बन्दुक र झोला छाडी एक व्यक्ति फरार भएका छन् । सुनसरी बराह नगरपालिकाको चतरा स्थित शसस्त्र बेश क्यामदेखि २ किलो मिटर उत्तर सुर्यकुण्ड जाने बाटोमा बुधबार दिउँसो साढे २ बजेको समयमा फायरिङको आवाज आएपछि शसस्त्र क्याम्प चतराका इन्सपेक्टर सियाराम चौधरीको टोलीले पिछा गर्ने क्रममा सामान मात्र फेला परेको हो । क्याम्पको टोलीले पिछा गर्दा व्यक्तिले झोला र बन्दुक छाडी जंगलतिर भागेका थिए । झोलामा चिउरा ,कपडा, १० ग्राम बारुद , १सय ग्राम छर्रा रहेकोले फरार व्यक्ति पेशेबर हुनसक्ने आशंका गरीएको शसस्त्र बेस क्याम्पमा इन्सपेक्टर चौधरीले बताएका छन् । बरामद गरीएको बन्दुक र झोला इलाका प्रहरी कार्यालय चतरालाई बुझाइएको चौधरीले बताएका छन् । फरार व्यक्तिको खोजि भइरहेको इलाका प्रहरी कार्यालयका सही चक्रमणि थापाले बताएका छन् ।