पथरी । पथरीशनिश्चरे नपा–१, स्थीत बजारमा ५ बर्ष अघि स्थापीत रेडियो सिम्रिकले ‘सिम्रिक रेडियो हन्ट –२०१८’ उद्घोषन तथा व्यत्तित्व विकास तालिमको आयोजना गर्ने भएको छ । क्षितिज मिडिया प्रालिद्रारा संचालित रेडियो सिम्रिक ९६.ं५ मेघाहर्जले शुक्रबार मनहोर होटल एण्ड पार्कमा पत्रकार सम्मेलनको आयोजना गर्दैै तालिमबारे जानकारी गराएको हो । फागुन ३ गते देखि १० गते सम्म हुने तालिमलाई १२ गते एक विषेश समारोहका साथ समापन गर्ने तयारी रहेको क्षितिज मिडिया प्रालिका अध्यक्ष अमिर राईले बताए । तालिमलाई एक्सन डेभलोपमेन्ट काठ्माडौँको प्राविधिक सहयोगमा प्रमुख प्रशिक्षक शिरोमणी दवाडीका साथ राष्ट्रिय तथा स्थानीय प्रशिक्षकहरुबाट प्रशिक्षण दिइने भएको छ । तालिमलाई पृथक ढङ्गबाट गरिने रेडियो सिम्रिकका स्टेसन म्यानेन्जर अशोककुमार राईले बताए । ७ दिने तालिममा ५ वटा विद्यामा उत्कृष्ट हुने सहभागीलाई प्रत्येकलाई ५ हजार नगद सहित प्रमाण पत्र, मेडल लगाएतले पुरस्कृत गरिने स्टेसन म्यानेन्जर राईले बताए । उनले भने –‘त्यति मात्र होइन ‘सिम्रीक आरजे हन्ट २०१८’ एक जनालाई १० हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिने छ । त्यसलाई बर्ष भरी सिम्रिक बर्ष घोषन गरिने छ ।’ रेडियोले २ पटक तालिमको आयोजना गरिसकेको छ । तालिममा १सय जना सहभागी हुने आयोजकले अपेक्षा गरेको छ । १सय क्षमता भएको रेडियो सिम्रिककले २५ सय तालिम खर्च लिने भएको आयोजकले बताएका छन् ।