इटहरी/ इटहरीस्थित मोर्डन प्रिपेरेटरी इङ्लििस बोर्डिङ स्कुलकी इशा पौडेल नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय सेवा दलको तालिमा पहिलो भएकी छिन् ।

एक सय दिनको तालिमा सहभागी पूर्वका ५ सय १० जना विद्यार्थीलाई पछि पार्दै पौडेलले सर्वोत्कृष्ट क्याप्टेन बनेकी हुन् । नेपाली सेनाको पूर्वी तालिम शिक्षालयद्वारा सञ्चालित जुनियर डिजिभन तालिमको बुधबार समापन भएको छ । वार्षिक सामूहिक क्याम्पमा मकवानपुर, बारा, रौतहट, सुनसरी र मोरङ जिल्लाका १५ वटा विद्यालयका ५ सय १० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

एक सय दिनको तालिममा ७९ दिन छुट्टा छुट्टै तालिम भएका थिए भने २१ दिन सामुहकि तालिम भएका थिए । बार्षिक सामुहिक क्याम्पको चौथो चरणको अन्तिम दिक्षान्त कवाज बुधबार सम्पन्न भएको हो । राष्ट्रिय सेवा दल नेपाल सरकारको कार्यक्रम नेपाली सेनाले जिम्मा लिएको छ ।

नेपाली सेनाका उपरथी श्री जगदीशचन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा भएको सो दिक्षान्त कवाजमा उत्कृष्ट छात्र छात्राहरुलाई तेक्वान्दो, खुकुरी ड्रिल मास, पिटी लगायतका कौशलहरु प्रदर्शन गरेका थिए । सुनसरीका कचना महादेव मावि, इनरुवाको भवगती मावि, इटहरीको मोर्डन प्रिपेरेटरी स्कुल र दुहवीको सरस्वती माविमा कार्यक्रम सञ्चालन भएको थियो ।