मोरङ/ मोरङको पथरीशनिश्चरेस्थित अनेरास्ववियू पथरी बहुमुखी क्याम्पसको इकाई कमिटीको अध्यक्षमा जनक पोखरेल चयन भएका छन् ।

क्याम्पसको सभाहलमा आयोजित ७ औं क्याम्पस सम्मेलनबाट पोखरेल सहितको कमिटी सर्वसहमत रुपमा चयन भएको हो । कमिटीको उपाध्यक्षमा सटिस क्षेत्री, सचिवमा मुकेश वाछना राई, सहसचिवमा प्रशान्त थापा, अभिषेक कार्की र कमला दंगाल र कोषाध्यक्ष कविता चापागाईं सहित रहेका छन् । कुल ३१ सदस्यीय रहने समितिमा सचिवालय सदस्यहरु भनें फागुन ९ गते चयन गरिने नवनिर्वाचित अध्यक्ष पोखरेलले जनाए ।

कार्यक्रममा अनेरास्ववियू केन्द्रीय सदस्य अञ्जु पाण्डे, मोरङ उपाध्यक्ष सन्तोष घिमिरे लगायतले अनेरास्ववियूलाई विद्यार्थी हकहितको अझ प्रभावकारी संगठन बनाउँदै देश निर्माणका कुरामा समेत जिम्मेवारी आएको जनाएका छन् ।