बेलबारी/ युवा जागरण अभियान नेपालको आयोजनामा मोरङको बेलबारीमा पहिलो पटक शिक्षा तथा स्वास्थ्य महोत्सव लाग्ने भएको छ ।

आगामी फागुन १६ गतेदेखि १० दिनसम्म महोत्सवमा शैक्षिक स्टलहरूलाई प्राथमिकता दिइने आयोजकले आईतवार पत्रकार सम्मेलनको आयोजना जनाएको छ । महोत्सवमा ५० वटा स्टल राखिने भएको छ । उद्योग व्यवसाय,कृषि सामाग्रीहरु समेत महोत्सवमा राखिने भएको छ ।

महोत्सवबाट ४९ लाख ५० हजार रुपैयाँ बराबरको आम्दानी हुने अनुमान गरिएको छ । भने, महोत्सवको व्यवस्थापनमा २३ लाख ३० हजार रुपैयाँ खर्च गरिने अनुमान गरिएको छ ।

महोत्सवमा तीन लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको अभियानका अध्यक्ष सुजित बस्नेतले बताए । उठेको रकमबाट ६० प्रतिशत आर्थिक अभावले विध्यालय जान समस्या भएका बालबालिकाको पठनपाठनमा सहयोग गर्ने तथा ४० प्रतिशत सामाजिक काममा खर्च गरिने लक्ष्य रहेको छ ।

कार्यक्रममा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने भएको छ । कार्यक्रममा जातिय झाँकी र विभिन्न खेलकुदको समेत आयोजना गरिने भएको छ । त्यसैगरी स्वास्थ्य शिविर समेत संचालन गरिने भएको छ ।