‘भ्यालेन्टाइन डे’ अर्थात्, प्रणय दिवस प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण छ । ‘भ्यालेन्टाइन डे’ आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो ।

यस्तैमा प्रेम गर्नेहरुका लागि लक्षित गर्दै ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘लिलिबिली’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘लिलिबिली लिलिबिली घुम्न जाउँ इन्जिन गाडीमा’ बोलको गीतमा युवा स्टार प्रदीप खड्का रिसाएकी प्रेमिका तथा नव-नायिका जसिता गुरुङलाई फकाइरहेको देख्न सकिन्छ ।

प्रेम गर्नेहरुका लागि यो गीत विशेष रहने निर्माण यूनिटको भनाई छ । ए.डि. योगीको स्वर र संगीत रहेको गीतको शब्द एकतारेले लेखेका हुन् । गीतमा स्कटल्याण्डको सौन्दर्य कैद गरिएको छ । यी दृश्यहरु सुदिप बरालले खिचेका हुन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रदीप र जसिताको रोचक केमेष्ट्री देखिएको छ ।

यस्तै, निर्माण टिमले फिल्मको शीर्ष गीतको डान्स कम्पिटिसन पनि घोषणा गरेको छ । जुनसुकै वर्गका व्यक्तिले उक्त गीतमा नृत्य गरेको भिडियो आफ्नै युट्युब च्यानलमार्फत अपलोड गर्न सक्ने निर्माता गोविन्द शाहीले जानकारी दिए । विजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्ममा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुप विक्रम शाही लगायतका कलाकारहरु पनि अभिनय छ । स्कटल्याण्डसँगै नेपाल, लन्डन र टर्कीको स्थानबुलमा फिल्मको छायांकन गरिएको हो ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको लभ स्टोरी जनराको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।

[embed]https://youtu.be/_WoCV4c6XOE[/embed]