सफल म्यूजिक भिडियो निर्देशक विशाल भण्डारीले निर्देशन गरेको डेब्यू फिल्म ‘कोहलपुर एक्सप्रेस’ को रोमान्टिक गीत रिलिज भएको छ । 'भ्यालेन्टाइन डे' को अवसरमा सार्वजनिक गरिएको ‘अब मनसँग मन’ बोलको गीतको भिडियोमा नायिका केकी अधिकारी र नायक विनोद न्यौपानेलाई फिचरिङ गरिएको छ ।

भिडियो कलरफूल बनेको छ । केकी र विनोदको जोडी गज्जब सुहाएको छ । सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द र संगीत सुन्न सकिन्छ । फेरि एकपटक अर्जुनले मिठो शब्दमा मनछुने संगीत भरेका छन् ।

गम्भीर बिष्ट गीतका कोरियोग्राफर हुन् । ऋचा शर्मा, प्रियंका कार्की, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् ।

अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा केकी निर्मात्रीको रुपमा छिन् । भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् ।

[embed]https://youtu.be/oAFicyDG2II[/embed]