फिल्मस्टारबाट नेता बन्न लागेका कमल हासनले तमिलनाडुका जनताका लागि राजनीतिमा जाने फैसला लिएका छन् । अब उनले नयाँ कुनै पनि फिल्म नगर्ने भएका छन् । कमल हासन आफ्नो पार्टी र यसको सिद्धान्त यसै महिना घोषणा गर्दैछन् ।

बोस्टनमा हार्वर्ड विश्वविद्यालयमा एक एक निजी समाचार च्यानललाई दिएको अन्तर्वार्तामा हासनले भने, 'दुई फिल्मभन्दा बाहेक मसँग अरु फिल्म छैन । मलाई इमान्दारीपूर्वक जीविकापार्जन गर्नका लागि केही गर्नु पर्छ । तर, मलाई लाग्दैन कि म हार्न जाँदैछु ।'

उनले अगाडि भने,' म एक राजनीतिज्ञ हुन सक्दिनँ तर गएको ३७ वर्षदेखि म समाजसेवामा छु । यो ३७ वर्षमा हामीले १० लाख निष्ठावान कार्यकर्ता जुटाएका छौं । उनीहरु मसँग गएको ३७ वर्षदेखि साथमा नै छन् । मेरो निर्देशनमा उनीहरुले धेरैभन्दा धेरै युवाहरु हाम्रो कल्याण आन्दोलनमा सहभागी गराएका छन् । जसमा करीब २५० वकिल छन् । अरु सबै स्वंयसेवक बन्नेछन् ।'

म ईमान्दार छु : कमल हासन

कमल हासनले भने, 'म ईमान्दार छु । म यहाँ आफ्नो बैंक खाता बढाउनका लागि आएको होइन । म एक खुसीयाली, लोकप्रिय वा सेवानिवृत्त जीवन जिउन सक्छु । मेरो राजनीतिमा आउनुको फैसला यसकारण हो कि म अभिनेताकै रुपमा मर्न चाहन्नँ । म जनताको सेवा गर्दै मर्न चाहन्छु र यो मैले आफूसँग नै बाधा गरेको छु ।'

कमलको पुष्ठभूमी 

कमल हासनको जन्म ७ नोभेम्बर १९५४ मा एक तमिल परिवारमा भएको थियो । उनी एक यस्ता क्रान्तिकारी कलाकार हुन्, जसले हरेक भूमिका निर्वाहा गरेका छन् । उनले 'पुष्पक' जस्ता फिल्म बनाए । २००८ मा रिलिज भएको फिल्म 'दशावतारम' का १० भूमिकामा उनले अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुशको रोल पनि निर्वाहा गरे ।

कमल हासन ६ वर्षको उमेरमा नै पहिलो पटक क्यामेराको सामुन्ने आएका थिए । अगस्त १९६० मा रिलिज भएको 'कालाथुर कन्नम्मा' नामको यो फिल्ममा ठूला-ठूला स्टार प्रमुख भूमिकामा थिए ।