जेष्ठ ११ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको पत्रकार ऋषि धमालकी मोडल श्रीमती एलिजा गौतमद्वारा निर्मित तथा अभिनीत फिल्म ‘अनुराग’ को पहिलो गीत सार्वजनिक भएको छ ।

‘कान्छा दाई’ बोलको क्लब सङमा कार्टुन क्रुका सरोज अधिकारी र फिल्मकी लिड अभिनेत्री एलिजा फिचर्ड छन् । क्लबमा यी दुई मज्जैले झुमेका छन् । ताराप्रकाश लिम्बु र ममता गुरुङको स्वर रहेको गीतमा ताराको संगीत र ममताको शब्द छ । विक्रम स्वाँर गीतका कोरियोग्राफर हुन् । यो फिल्ममा एलिजाले नव-नायक समुन्द्र पण्डितसँग रोमान्स गरेकी छन् । फिल्मका निर्देशक सत्यराज चौलागाई हुन् । एलिजा फिल्मसको ब्यानरमा निर्माण भएको ‘अनुराग’ सांगीतिक प्रेमकथामा आधारित छ । रामकुमार केसीले खिचेको फिल्ममा किरण दाहालको कथा छ । [embed]https://youtu.be/qDleSmKRaxE[/embed]